काठमाडौं, असोज १० । दक्षिण कोरियाली राजदूत योंग सिक पार्कले माथिल्लो त्रिशुली–१ जलविद्युत् परियोजना आगामी जनवरीबाट निर्माण सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग बुधबारको भेटमा राजदूत पार्कले कोरियाली कम्पनीले बनाउने तयारी गरिरहेको २१६ मेगावाट क्षमताको आयोजना जनवरीबाट सुरु गर्ने बताएको जनाइएको छ ।
भेटमा मन्त्री पुनले ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै कोरियाली लगानीकर्तालाई थप लगानी गर्न आह्वान गरेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्