काठमाडौं, असोज १० । अघिल्लो दिन दोहोरो अंकले उकालो लागेको सेयर बजार बुधबार पुनः ऋणात्मक रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से साढे २ अंक बराबरले ऋणात्मक रहेर १२ सय ७७ कायम भएर थामियो ।
कारोबार भने यसदिन पनि उच्च नै रह्यो ।
जीवनबिमा र अन्य समूहबाहेक अरु सबै समूह ओरालो लागे । निर्जीवन बिमा र उत्पादनमूलक समूह दोहोरो अंकले ओरालो लागे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७१ कम्पनीका ४५ हजार ९१ हजार कित्ता सेयर साढे ९१ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्