
सञ्जय कार्की (इमेज)
रौतहट, असोज १० । रौतहटको गरुडा नगरपालिका–९, श्रीपुर गाउँमा बुधबार स्थानीय र प्रहरीबीच झडप हुँदा पाँच प्रहरीसहित १२ जना घाइते भएका छन् ।
सोही गाउँका ६५ वर्षीय रामपृत सहनीको शव जलाउने विषयमा स्थानीयबीच भइरहेको विवाद मिलाउन पुगेका प्रहरीसँग झडप भएको हो ।
गाउँनजिकको चाँदीखोलामा शव जलाउँदै आएका स्थानीयलाई अर्को समूहले उक्त स्थानमा जलाउन नदिएको विषयमा तनाव उत्पन्न भएको थियो ।
घाइतेहरुको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अहिले त्यहाँको अवस्था सामान्य रहेको र थप सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।
स्थिति नियन्त्रणमा लिनेक्रममा प्रहरीले केही राउन्ड हवाईफायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्