२० आश्विन २०८१, आइतबार | Mon Oct 7 2024


पेट्रोलपम्पमा सिलबन्दी


0
Shares

भैरहवा, असोज १० । रुपन्देहीको सीमावर्ती क्षेत्र बेलहियामा रहेको एक पेट्रोलपम्पमा संयुक्त बजार अनुगमन टोलीले सिलबन्दी गरेको छ ।

पेट्रोलमा पानी मिसिएको पाइएपछि अनुगमन टोलीले सिद्धार्थनगर नगरपालिका–१, बेलहियास्थित नवजीवन आयल स्टोरमा सिलबन्दी गरेको हो ।

अनुगमन टोलीले पम्पमा रहेको पेट्रोलमा पानी मिसिएको फेलापारेको थियो ।

उक्त पेट्रोलपम्पबाट पेट्रोल हालेकाहरुको सवारी बिग्रने गरेको गुनासो बढेपछि संयुक्त बजार अनुगमन टोलीले अनुगमन गरेको थियो ।

टोलीले उक्त आयल स्टोरमा स्थलगत निरीक्षण गर्दा नापतौल कार्यालयबाट नापजाँचसमेत नभएको भेटिएको अनुगमन टोलीले जनाएको छ ।