Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


विवादकै बीच महाधिवेशनमा होमियो कांग्रेस (भिडियाे रिपोर्ट)


156
Shares

काठमाडौं ।
नेपाली कांग्रेस भित्र पुरानो संस्थापन पक्षले विशेष महाधिवेशनबाट आएको कार्यसमिति भन्दा फरक तरिकाले अघि बढ्ने कसरत गर्दै गर्दा १५औं महाधिवेशनको मिति र कार्यतालिका प्रस्ताव गरिएको छ ।

कांग्रेस सभापति गगन थापाले मंगलबार बसेको केन्द्रीय समिति वैठकमा आगामी भदौ २४ देखि २६ गतेसम्म १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका समेत प्रस्ताव गर्नुभएको हो । यसले समानान्तर गतिविधि अघि बढाइरहेका पूर्व सभापति शेरबहादुर देउवा पक्षलाई दबाव बढाउने सभापति गगन थापा पक्षको रहेको छ ।

निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि कांग्रस सभापति गगन थापा सार्वजनिक रुपमा देखिएका थिएनन् । निर्वाचनमा पार्टीको शर्मनाक हार भएपछि थापाको तीव्र आलोचना भएको थियो । निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै थापाले राजीनामा समेत दिए । तर, उनको राजीनामा केन्द्रीय समिति बैठकले अस्वीकृत ग¥यो । यस्तो भएपछि सभापति थापा फेरि पार्टी सभापतिकै हैसियतमा पार्टीका गतिविधिमा सक्रिय भएका छन् ।

निर्वाचनछि उनी पहिलोपटक पार्टी कार्यालयमा सभापतिकै हैसियतमा प्रवेश गर्दा नेता, कार्यकर्तामा उत्साह देखिएको थियो । उनले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै १५औं महाधिवेशनको कार्यतालिका नै सार्वजनिक गरेका छन् । कार्यतालिका सार्वजनिक भएपछि पार्टी सम्पूर्ण रुपमा महाधिवेशनतर्फ होमिने अनुमान गरिएको छ ।