काठमाडाैं ।
सामानुपातिक तर्फको मतगणना सकिएसंगै भदौ २३ र २४ गतेको घटना पछि मुलुकलाई लयमा ल्याउने निर्वाचन सम्पन्न भएको छ । अनेक आशंकाका बीच गरिएको निर्वाचन झन् सुरक्षित रुपमा सम्पन्न भयो ।
निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गराउन सुरक्षा निकायहरुले खुलेको भुमिका महत्वपूर्ण छ । नेपाली सेना सेनाको कमाण्डमा परिचालन भएका सुरक्षा निकायले कुनै दुर्घटना विना मुलुकलाई लोकतन्त्रको लयमा फर्काएका छन् । जेनजी आन्दोलनका क्रममा ठूलो भौतिक क्षति ब्यहोरेको नेपालको प्रहरी आफ्ना विभिन्न कार्यालयहरुबाट लुटिएका हतियार फिर्ता समेत नभएको अवस्थामा चुनाव गराउने अभियानमा सहभागी भएको थियो ।
अर्कोतर्फ सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलका लागि फरार कैदी र आपराधका आरोपी कसरी नियन्त्रण गर्ने चुनौति सामान्य थिएन । तर यि सबै परिस्थिति पार लगाउँदै शान्ति पूर्ण निर्वाचन गराउन सुरक्षा निकाय सफल भएका हुन । नेपाल प्रहरीले १ लाख ३३ हजार निर्वाचन प्रहरी सहित आफना ७० हजार जनशक्ति परिचालन गरेको थियो । ६ महिनामा सबै घटनालाई सम्हालेर निर्वाचन गराउन सक्नुले नेपाल प्रहरीको क्षमता प्रष्ट भएको महानिरीक्षक दानबहादुर कार्कीले बताउनु भयो ।







प्रतिक्रिया दिनुहोस्