काठमाडौं, असोज ९ । मंगलबार पुँजीबजारमा उच्च अंकको वृद्धि आयो ।
यसदिन कारोबार परिमाणमा पनि उच्च वृद्धि आयो । कारोबार अर्ब नाघ्यो ।
यसदिन सेयरबजार परिसूचक नेप्से २२ अंकले बढेर १२ सय ८० मा पुग्यो । अन्य समूहबाहेक कारोबार भएका सबै समूहमा वृद्धि आएसँगै नेप्से दोहोरो अंकले बढेको हो ।
यसदिन १७३ कम्पनीको ४४ लाख १७ हजार कित्ता सेयर एक अर्ब १२ करोड रुपैयाँ बढीमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्