Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने गतिविधि गरेकाे अभियाेगमा एक युवक प्रहरीकाे नियन्त्रणमा


520
Shares

सुनसरी । सुनसरीमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत झुट्टा अफवाह फैलाएको आरोपमा एक जना युवक पक्राउ परेका छन्।

प्रहरीले सोमबार राति रामचन्द्र ठाकुरको नामको फेसबुक आईडीबाट निर्वाचनलाई असर पार्ने गरी भिडियो अपलोड गरेर समाजमा भ्रम फैलाउने गतिविधि गरेको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन गरि अभियुक्तलाई नियन्त्रणमा लिएकाे जनाएकाे हाे । जिल्ला प्रहरीले कार्याल सुनसरीका प्रमुख एसपी केशवकुमार थेबेले उनले सुनसरीको इनरुवा नगरपालिका–३, महेन्द्रचौक बस्ने २७ वर्षीय रामचन्द्र ठाकुरलाई नियन्त्रणमा लिएको बताउनुभयाे।

अभियुक्तलाई नेपाल प्रहरी साइबर ब्यूरो को प्राविधिक सहयोगमा अफवाह फैलाउन प्रयोग गरिएको मोबाइल डिभाइससहित इनरुवा महेन्द्रचोक क्षेत्रबाट पक्राउ गरिएको एसपी थेबेले बताउनुभएकाे छ। उहाँले निर्वाचनजस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमार्फत झुट्टा तथा भ्रामक सामग्री प्रसारण गर्ने जोसुकैलाई पनि कानूनी दायरामा ल्याउने समेत बताउनुभयाे। साेही घटनामा संलग्न ठाकुरलाई प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान कार्य भइरहेकाे उहाँले बताउनुभयाे ।