
काठमाडौं, असोज ९ । सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न मंगलबार आदेश जारी गरेको छ ।
न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले विश्वकर्मालाई अदालतका रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो ।
आदेशमा विश्वकर्मालाई गैरकानुनीरुपमा थुनामा राखिएको देखिएको र पटक–पटक थुनामुक्त गर्ने आदेश गर्दा पनि राज्यका निकाय गम्भीर नभएको उल्लेख छ ।
अदालतले विश्वकर्मालाई थुनामुक्त गर्न आदेश दिएको यो पाँचौंपटक हो ।
अदालतले थुनामुक्त गर्न आदेश दिएलगत्तै विश्वकर्मा पुनः पक्राउ पर्दै आएका छन् ।
विश्वकर्मालाई व्यापारीसँग रु सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन, २०३० अनुसार काठमाडौं प्रहरीले कारबाही अघि बढाएको थियो ।
विश्वकर्मालाई मंगलबार पुनः थुनामुक्त गर्न आदेश दिइएको हो । रासस
प्रतिक्रिया दिनुहोस्