२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024


संविधान संशोधन गरेर प्रदेशहरुलाई अधिकारसम्पन्न बनाउनुपर्छ : यादव


0
Shares

विराटनगर, असोज ९ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेश सरकार अधिकार र स्रोत–साधनविहीन भएर अगाडि बढ्न नसक्ने बताएका छन् ।

संघीय समाजवादी फोरम नेपालको प्रदेश नम्बर–१ स्तरीय प्रथम भेलालाई मंगलबार विराटनगरमा सम्बोधन गदै सो पार्टीका अध्यक्षसमेत रहेका यादवले वर्तमान संविधान संशोधन गरेर प्रदेशहरुलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताए ।

उनले स्थानीय तहहरुलाई पनि प्रादेशिक संरचनाभित्र प्रदेश सरकारको इकाइकारुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।