Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


काठमाडाैं–१ का मतदाताको अपेक्षा के छ ? ( स्थलगत रिपोर्ट)


52
Shares

काठमाडौं ।
काठमाडौं क्षेत्र नम्बर १ का मतदाताहरुले यसपटक उम्मेदवारसँग विकास निर्माणका काम र दैनिक जीवनसँग जोडिएका समस्या समाधानको स्पष्ट कार्ययोजना खोजिरहेका छन् ।

उनीहरुले पार्टीको घोषणापत्रभन्दा उम्मेदवारको व्यक्तिगत प्रतिबद्धता, कार्यक्षमता र विगतको कामलाई बढी प्राथमिकतामा राख्ने संकेत दिएका छन् ।

यहाँका मतदाताले सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, ढल निकास, फोहोर व्यवस्थापन, ट्राफिक जाम नियन्त्रण र सार्वजनिक सेवामा सुधारलाई प्रमुख एजेन्डा बनाएका छन् । उनीहरुको यस्तो अपेक्षालाई विभिन्न दलका उम्मेदवारले सहजै रुपमा पूरा गर्न सक्नेमा भने चुनौती थपिएको छ ।