
तेहरान (इरान), असोज ९ । इरानमा सैन्य कवाज (परेड) मा गत शनिबार भएको आक्रमणमा जिहादी पृथकतावादीको हात रहेको इरानको गृह मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।
इरानको दक्षिण–पश्चिम सहर आभाजमा एक सैन्य परेडमा सो आक्रमण भएको थियो ।
खुजेस्तान प्रान्तमा सैन्य परेड भइरहेको स्थलमा एक्कासि आतंकवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला, बालबालिकासमेत गरी २४ जनाको मृत्यु भएको थियो ।
घटनामा ५३ जना घाइते भएका थिए ।
उक्त परेडमा आक्रमण गर्ने केही जिहादी पृथकतावादीको परिचय खुलेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
उक्त आक्रमणमा सहभागी रहेका आरोपमा २२ जना पक्राउ परिसकेका छन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्