Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


कीर्तिपुर नगरपालिकाले विविध कार्यक्रमका साथ पर्यटन दिवस मनाउने


0
Shares

काठमाडौं, असोज ९ । ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको कीर्तिपुर नगरपालिकाले विभिन्न कार्यक्रम गरी यस वर्षको पर्यटन दिवस मनाउने भएको छ ।

कीर्तिपुर नगरपालिकाले पत्रकार सम्मेलन गरी पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम गरेर पर्यटन दिवस मनाउने जानकारी दिएको हो । नगरपालिकाले विश्व पर्यटन दिवसको दिन नगरपालिकाभित्रका विभिन्न पुरातात्विक सम्पदाको पैदल यात्रासहितको अवलोकन, चित्रकारहरुले ऐतिहासिक स्थलहरुको चित्र कोर्ने कार्यक्रम राखेको छ ।

यस्तै, टोलबस्तीमा परम्परागत बाजागाजाको मौलिक प्रस्तुतिको कार्यक्रमसमेत राखिएको छ । पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख रमेश महर्जनले कीर्तिपुरलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न अघि सारिएको अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत यस वर्षको पर्यटन दिवस मनाइने जानकारी दिए ।

पत्रकार सम्मेलनमा कीर्तिपुर नगरपालिकाका पर्यटन विभाग प्रमुख रमेशमान डंगोलले पर्यटन दिवसको दिन हुने सम्पदा यात्रा, चित्रकला र नौका विहारबारे जानकारी दिएका थिए ।