Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


पर्साको चुनावी क्षेत्रमा तीन पूर्वमन्त्रीलाई सकस, भ्रष्ट्राचारको जवाफ माग्दै मतदाता


247
Shares

वीरगञ्ज ।
बसंतरितुको आगमनसँगै पर्सा जिल्लामा चनावी चलह पहल बढदै गएको छ । उम्मेदवारहरु जनताको घरदैमा धाउन थालेका छन् । कार्यकर्तालाई भ्याइ न भ्याइले । २०४६ को पहिलो जनआन्दोलन पछि कांग्रेसी जिल्लाको रुपमा चिनिने पर्साको हरेका चुनावमा घात अन्तरघातले नेकामा आन्तरिक गुटबन्दी उत्कर्षमा रहने गरेको छ ।

जेनजी आन्दोलपछि भइरहेको यो चुनावमा पर्सा कांग्रेसमा खासै परिवर्तन देखिएको छैन । बिशेष महाअधिवेशनबाट नेतृत्व परिवर्तन भए पनि नेपाली कांग्रेसले पर्सामा पुरानै उम्मेदवारहरुलाई टिकट दिएको छ । शेखर कोइराला खेमाका अजय द्धिवेदी र राजेन्द्र बहादुर आमात्यले यसपालि पनि टिकट पाउन असफल भए छन् ।

पर्सा जिल्लाको क्षेत्र नम्बर १बाट शेरबहादुर देउवाका खास मानिने अनिल रुगंटाले टिकट पाएका छन् भने क्षेत्र नम्बर २ बाट विवादित पुर्व कानुन मन्त्री अजय चौरसियाले टिकट पाएका छन् ।

पर्साको क्षेत्र नम्बर ३ बाट यसभन्दा पहिला चुनाव हारेका सुरेन्द्र चौधरी र ४ बाट रमेश रिजाललाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ । शेरबहादुर खेमाका खास मानिने रिजाल चौरसिया र हालै गगन थापालाई सघाएर केन्द्रीय सदस्यसमेत बनेका चौधरी तिन चार दशक देखि संसदिय चुनावका जितहार बेहोर्ने सदावहार उम्मेदवार हुन् ।

चुनावी मुलुककै आर्थिक महानगरीको रुपमा वीरगन्जका मतदाता दुइ क्षेत्रका उम्मेदवारका भाग्य निर्माता हुन । चुनावी चटारो बढेपनि जेनजी आन्दोलन पछिको चुनावमा पुराना दल वा उम्मेदवारसँग कुनै खास चुनावी एजेन्डा छैन । आर्थिक महानगरलाई आर्थिक राजधानी बनाउने देखि आर्थिक समस्याको कुराहरु चुनावी एजन्ड बन्न सकेका छैनन । स्थानिय समस्या,भ्रष्ट्राचार भन्दा पनि उम्मेदवारहरु हिन्दु मुस्लीम समुदायका मतदातालाई रिझाउन विभिन्न चटक देखाउने खेलमा लागेका छन् । जातिय समिकरणको जोरघटाउ पनि सुरु गरिएको छ ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा चार पूर्वमन्त्रीको चुनावी भिडन्तले पर्साको चुनावी चासो र चर्चा तातिन थालेको छ ।मधेसको इपिक सेन्टरको रुपमा रहेको मधेस दल कमजोर देखिएका छन । त्यसमा ६ महिनाको नाकाबन्दीका नेतृत्व गरेका

कट्ट मधेसी नेता प्रदिप यादव पर्साको निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेबाट प्रदीप यादव चुनावी मैदानमा उत्रिएका छन् ।
एमाले र ओलीको ठुलो आलोचक आलोकरको पहिचान सहित मधेस आन्दोलनमा उदाएका प्रदीप यादव एमालेमा प्रवेश गरेपछि यो चुनावमा उनलाई ठुलो बिरोध खेपनु परेको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी भर्खरै मात्र एमाले प्रवेश गरेका यादवको दल बदलीसहितको निर्वाचनमा होमिएका यादव स्थानीय नेताहरुसँगको छलफल अभियानलाई तिब्रता दिएका बताइन्छ । तर चुनावी परिणाम कस्तो होला ? भन्ने चर्चा परिचर्चा चलिरहेको छ । बन,स्वास्थ्य र खानेमन्त्री समेत बनेका यादवले जिल्लामा गरेको विकास र मन्त्रालयमा भएको भ्रष्ट्राचारका विषयहरु चुनावी चियो चर्चाको प्राथमिकतामा देखिन्छ ।

मन्त्रीपाउनको लागी आफुसँग पटक पटक धोखा गरे भन्दै पछिल्लो समय उपेन्द्र यादवले जसपा नेपालबाट टिकट नदिने दृढ संकल्प सुनाए पछि प्रदिप यादव रातारात गुन्डु पुगेर एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट टिका थापे छ ।

यता नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर–२ बाट पूर्वमन्त्री अजयकुमार चौरसियालाई चुनाव आफ्नो पक्षमा ल्याउन ठुलो चुनौती थपिएको छ । पर्सा जिल्लाको क्षेत्र नम्बर ३ मा घर भएका चौरसियालाई आलोचकहरुले चौरसियालाई टुरिष्ट उम्मेदवारको संज्ञा दिएका छन् । क्षेत्र दुइबाट चुनाव जितेर गएपछि जनताको खासै अपेक्षा पुरा नगरेको बताइन्छ । विघटित प्रतिनिधि सभा सदस्य चौरसिया यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा कानुनमन्त्री थिए । त्यस बेला न्याधिस न्युक्तिदेखि अफताब आलमको मुद्दा फैसलामा आर्थिक अनिमितताको ठूलो अरोप खेप्नु परेको थियो ।

नेपाल सदभावना पार्टिबाट राजनिति सुरु गरेका चौरसियालाई शेरबहादुर देउवाका कार्यसमितिमा दुई पटक केन्द्रिय समेत रहिसकेका छन् । नेपाल सदभावना पार्टीबाट पराजित भएको चौरसियाको कांग्रेसमा राजनीतिमा संलग्न चौरसिया ०५१ प्रवेशसँगै नेपाली कांग्रेस, पर्सा जिल्ला कार्यसमिति सदस्य देखि अहिलेसम्म निरन्तर्ता रहेको छ ।
मन्त्री पदको दुरुपयोग गर्दै न्यायाधीशहरूलाई फोन घुमाइरहन्छन् चौरसिया

प्रधानमन्त्री केपि ओलीको मन्त्रीमन्डलमा कार्यविधिको मुल्याङ्कनमा सय नम्बर पाएका कानुनमन्त्री अजयकुमार चौरसियाको अधिकांस कार्यकाल विवादमै बित्यो । न्यायिक क्षेत्रमा चौरसियाले हेस्क्षेप गरेको ठूलो आरोप खेप्नु पर्यो । न्यायिक काम–कारबाहीमा शृंखलावद्ध हस्तक्षेप प्रयास गरेको बिषय उत्कषमा नै रहयो ।न्यायाधीशहरूलाई फोन गरेर मुद्दामा प्रभाव पार्ने प्रयास व्यापक समाचारहरुमा नाम सहित नै आरोप लागेको थियो । तत्कालीन काठमाडौंकै १ नम्बर न्यायाधीश कमलप्रसाद पोखरेलको फोनको स्क्रिनमा पनि कानुनमन्त्रीको फोन गएको थियो । त्यो सूचना लगत्तै सर्वोच्च अदालतको सीमित न्यायिक वृत्तमा ‘न्यायक्षेत्रमा बाह्य हस्तक्षेपको प्रयास भएको भनी’ सांकेतिक टीकाटिप्पणी समेत भए । आलम मुद्दाको सुनुवाइका बेलामा न्यायपरिषद्का सदस्य चौरसिया वीरगञ्ज पुग्नु संयोग मात्रै थिएन । परिषद्सम्बद्ध स्रोतले भन्यो, ‘सुरुदेखि नै वीरगञ्जमा न्यायाधीश सरुवामा उहाँले जे–जसरी आफ्नो रुचि प्रकट गर्नुभएको थियो, लगत्तै त्यसको नतिजा देखिन थालेको हो ।’
जहाँ पनि हस्तक्षेप

सर्वोच्च अदालतसम्वद्ध स्रोतका अनुसार, कानुनमन्त्री चौरसियाले अदालतमा विचाराधीन मुद्दाका विषयमा हस्तक्षेप गरेको भनेर जिल्ला तहबाट बारम्बार गुनासो आउने गरेको छ । ‘मुद्दाको पालो परेका दिन सोझै कानुनमन्त्रीबाट फोन आउँछ । उहाँले हेरिदिनुप¥यो, मिलाउनुप¥यो भनेर मुद्दा सिफारिस नै गर्नुहुन्छ,’ एक जिल्ला न्यायाधीशको भनाइ उद्धृत गर्दै सर्वोच्च अदालतसम्बद्ध स्रोतले भन्यो, ‘खासगरी तराईका जिल्लामा न्यायाधीशहरूबीच आतंकै भइसकेको छ ।’

पर्सा क्षेत्र नम्बर चारका सदवहार उम्मेदवार पुर्व मन्त्री रमेश रिजाल

६ दशक लामो राजनीतिक संघर्ष गरेका रमेश रिजा पर्सा क्षेत्र नम्बर ४ बाट ७ पटक सांसदको उम्मेदवार बने, जसमा ४ जित हात पारे । २०५६, ०७० र ०७४ सालको आम निर्वाचनमा भने उनले हार बेहोरे । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका रमेश रिजाल पनि सातौ पटक चुनावी प्रतिष्पर्धामा छन् । जहानिया राणा शासनको बिरोधमा प्रजातन्त्रिक आन्दोलन पर्साका जननी बुवा मेघ शर्माको उत्तराधिकारीको रुपमा नेपाली कांग्रेसका सक्रिय राजनितिमा रमेश रिजालको ६ दशक लामो राजनीतिक इतिहास छ । २०४६ सालको जनआन्दोलन पछि लगातार चुनाव लड्दै आएका रिजल २०७९ सालको निर्वाचनमा नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पराजित गर्दै निर्वाचित भएका थिए ।

रिजालले ३१ हजार १४२ र मन्सुरीले २५ हजार ६१२ मत पाएका थिए ।पर्सा जिल्लाको पश्चिमि भेगमा रहेको यो क्षेत्रबाट विगतको चुनावमा जितहार बेहौदै आएका नेता रिजाललाई गाउँलेहरु अहिले पनि जिमदार साहेबकै रुपमा मान्ने गरेका छन । रिजालका जन्मथलो गाउँ झखरा मसिहानीका गाउँलेहरु अहिले पनि रिजाल परिवार(शर्मा परिवारलाई ) उच्च सम्मानसाथ मन्ने गरेका छन् ।पुराना बुढा पाकाहरु नेताजीको घरमा जाँदा तलनै बस्ने गरेका चलन छ । पार्टीको आन्तरिक विपक्षीहरुलाई भित्तासम्म तहलगाउने र त्यस क्षेत्रमा अर्का उत्तराधीकार बन्न नदिने माहिर राजनैतिक खेलाडीको रुपमा रिजाललाई लिने गरिएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका–५, धर्मपुर मसिहानीमा जन्मिएका रिजालले १४ वर्षकै उमेरमा एसएलसी गरेर वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक गरेका थिए । उनी विद्यार्थी जीवनमा नेविसंघको राजनीतिमा सक्रिय बने । २०२६–०४६ को अवधिमा पटक–पटक गरी तीन वर्ष जेल जीवन समेत बिताएका छन् ।

पर्सा कांग्रेसको सचिवको जिम्मेवारीबाट पार्टी राजनीतिमा भित्रिएका रिजालले २०५९ सालमा प्रजातान्त्रिक कांग्रेस गठन हुँदा शेरबहादुर देउवालाई साथ दिए । ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेपाली कांग्रेसको तर्फबाट उद्योगमन्त्री भएका थिए ।

कानुन निर्माणमा भद्दा मजाक: विधेयक एउटा, छलफल अर्कै
६ दशक लामो राजनीतिक संघर्ष गरेका रमेश रिजाल शेरबहादुर देउवाको आर्शिवादले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त पाए । लामो राजनैतिक सक्रियापछि उद्याेग मन्त्री बनेका रिजालले गृह जिल्ला र आफ्नो निर्वाचन क्षेत्रको लागि खासै केही नगरेको यसपटक गुनासो खेप्नु परेको छ । यति मात्रहोइन रिजाललाई प्रचन्ड मन्त्रीमन्डलको सबै भन्दा असफल मन्त्रीको भएको पनि बताइन्छ ।

राष्ट्रिय सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे । तर पेश गरिएको बिद्येकबारे उनलाई आफै थाहा नभएको कुरा संसदमा बोले । जबकि यो विधेयक सूचनाप्रविधिको माध्यमबाट हुने वस्तु तथा सेवाको कारोबार अर्थात् अनलाइन माध्यमबाट हुने व्यापारको नियमन गर्न ल्याइएको थियो, तर स्वयम बिधुत बत्तीको कुरा गरे । मन्त्री रिजालकै बिषयगत अज्ञानताको कारण छेउ न टुप्पोको छलफल राष्ट्रिय सभामा १२ मिनेट २७ सेकेण्डसम्म चल्यो । विद्युत व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक पक्षको छलफलमा विद्युत ब्यापारको खुलेस बहस भयो ।

मन्त्रीले नै थाहा पाएनन् के विधेयक ल्याएँ ?

सांसदहरुले सैद्धान्तिक छलफलमा धारणा राखिसकेपछि जवाफ दिन आएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल समेत अलमलिए । आफैंले कुन विधेयक ल्याएको हुँ भन्ने वास्ता नगरी बोल्न थाले, ‘सम्माननीय अध्यक्ष महोदय, यो विद्युत सम्बन्धी व्यापार विधेयक सम्बन्धी छलफलमा माननीय सदस्यज्यूहरुले भाग लिएर विभिन्न कुरा राख्नुभएको छ । ती कुराहरुमा हामी सचेत छौं ।’

पर्सा–१ मा ३० जना उम्मेदवार, एक जना मात्रै महिला

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर–१ बाट ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये एकजना मात्रै महिला उम्मेदवार छन् ।

पर्सा क्षेत्र नम्बर–१ मा वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ भिश्वा बस्ने शशिकला राउतले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । यहाँ नेपाली कांग्रेसले संविधानसभा सदस्य एवं व्यवसायी अनिलकुमार रूंगटा, जनता समाजवादी पार्टी (जसपा) ले रामनरेश प्रसाद यादव, नेकपा एमालेले पूर्वमन्त्री प्रदीप यादव र जनमत पार्टीले ओमप्रकाश सर्राफलाई अघि सारेको छ ।

ओमप्रकाश र रामनरेश अघिल्लो निर्वाचनमा प्रदेशसभा सदस्य पदमा उम्मेदवार थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुद्धिप्रसाद पन्त (हरि) लाई उम्मेदवार बनाएको छ । रास्वपा पर्साका अध्यक्ष समेत रहेका उनी होटल तथा पर्यटन व्यवसायी हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट अजय चौरसिया चुनावी मैदानमा छन् । २०६९ सालमा जसपा नेपालसँग चुनावी तालमेल गरेका कारण एमालेले त्यति बेला उम्मेदवार उठाएको थिएन । २०८१ वैशाखमा पार्टी फुट्दा प्रदीपले अशोक राईलाई साथ दिँदै जनता समाजवादी पार्टीमा गएका थिए ।

पर्सामा ३० हजार बढी नयाँ मतदाता

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्साबाट तीन लाख ७६ हजार बढी मतदाता सहभागी हुने भएका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लाबाट २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुरा हुने कूल मतदाताको संख्या तीन लाख ७६ हजार ५१३ जना छन् ।

तीमध्ये पुरुष मतदाता दुई लाख १२ हजार ७७, महिला मतदाताको संख्या एक लाख ६४ हजार ४२१ र अन्य लिङ्गका मतदाता १५ जना रहेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये सबै भन्दा बढी मतदाता निर्वाचन क्षेत्र नम्बर–३ मा ९६ हजार ५४२, क्षेत्र नम्बर–४ मा ९५ हजार २१३, क्षेत्र नम्बर–२ मा ९५ हजार १२० र क्षेत्र नम्बर–१ मा ८९ हजार ६३८ जना छन् ।

यसअघि २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा पर्सामा कूल तीन लाख ४५ हजार ९२८ मतदाता थिए । जसमध्ये पुरुष मतदाताको संख्या एक लाख ९४ हजार ९०४, महिला मतदाताको संख्या एक लाख ५१ हजार ८ र अन्य मतदाता १६ जना थिए ।
पर्सा जिल्लाको क्षेत्र नम्बर ४ मा सबै भन्दा बढी ४८ वटा मतदाना स्थल र १ सय १४ वटा मतदान केन्द्र र निर्वाचन क्षेत्र नम्बर–१ मा सबै भन्दा कम ३४ वटा मतदानस्थल र १०३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यसअघि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पर्सामा मतदानस्थल १६९ वटा र मतदान केन्द्र ४१७ वटा निर्धारण गरिएको थियो ।

देशैभर चुनावी माहोल तात्दा पर्सा पनि त्यसबाट अछुतो छैन । अझ, यो निर्वाचन क्षेत्रमा यस पटक रोमाञ्चक नतिजा आउन सक्ने विश्लेषण हुन थालेका छन् । चुनावी चटारो बढदै जाँदा मतदाता रिझाउन कतिपय उम्मेदवारहरुको अभद्र आलोचनामा समेत ओर्लेका छन् ।

चुनावी प्रचार प्रसारमा आर्टिफिसिय इन्टेलिजेन्सको दुरपयोग पनि बढन थालेको छ ।समाजिक संजालहरुमा जनता अलमलाउन कतिपय उम्मेदवारहरुको मिडिया ट्रायल देखिन थालेको छ । चुनावी महौल तात्दा पर्साको चारै क्षेत्रका जनताको आकर्षण पुराना दल र उम्मेदवार भन्दा पनि नयाँको चर्चा छ ।विगत भन्दा यसपटक रोमाञ्चक नतिजा आउन सक्ने विश्लेषण हुन थालेका छन् ।