Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


राजनीतिमा नयाँ पुस्ताको हस्तक्षेप बढ्दै (भिडियाे रिपोर्ट)

उम्मेदवारसँग पुरानै ऐजण्डा राख्ने मकवानपुरका मतदाताकाे तयारी

78
Shares

मकवानपुर । मकवानपुरमा पनि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरु मत माग्दै घरदैलोमा पुगिरहेका छन्।

घरदैलोमा पुग्ने उम्मेदवारहरुसँग मतदाताले भने शिक्षा, पूर्वाधार र युवा पलायन रोक्नुपर्ने जस्ता माग राख्ने गरेका हुन् । मकवानपुरका दुई निर्वाचन क्षेत्रमा यस पटकको निर्वाचनमा पुस्तान्तरणको चर्चा बढेको छ । निर्वाचनमा २५ देखि ४० वर्ष उमेर समूहका करिब १५ जना युवा चुनावी मैदानमा उत्रिनुले राजनीतिमा नयाँ पुस्ताको हस्तक्षेप बढ्दै गएको देखिन्छ । एकातिर स्थापित पुराना नेताहरूको अनुभव र अर्कोतिर ‘जेनजी’ तथा युवाहरुको नयाँ दृष्टिकोणबीचको चुनावी प्रतिस्पर्धा मकवानपुरमा रोचक हुने देखिएको छ ।

उम्मेदवारहरु मत माग्न आउने तयारीमा रहँदा मतदाता भने आफ्ना पुरानै ऐजण्डा तेर्स्याउने तयारीमा छन् । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिकासहित १० स्थानीय तह रहेको मकवानपुरमा केही बिकट गाउँ-चुरे पहाडसहित समथर क्षेत्र समेत छ । यहाँका अधिकांश जनता कृषि पेशामा आबद्ध छन् । युवा जनशक्ति भने विदेशिएकै छन् । राज्यले कृषि मैत्री, उद्योग ब्यापार मैत्री निति नल्याएको र समयानुकूल ऐन नियम परिर्वतन नगरेको भन्दै मतदाता लक्ष्मण तिमल्सिना र विष्णु कुमारी सापकोटासहितले गुनासो गरिरहेका छन् ।

मकवानपुरका पहाडी क्षेत्रमा सडक ,पुल र स्वास्थ्य संस्थाहरु जस्ता पूर्वाधारका विकास कार्यहरु आवश्यकता अनुसार बनिसकेका छैनन् । जिल्लाको केही दक्षिण तर्फका केही गाउँ पालिकामा सडक,पुल बनेका छन् । धियाल गाउँ जाने सडक र पुल नबन्दा सो गाउँका जनता हेटौंडा आउन बारा जिल्ला भएर आउनुपर्ने बाध्यता रहेकाे मतदाता केशव घिमिरेले बताउनुभयाे ।

मकवानपुरका बासीन्दा राजनीतिक स्थायित्वसहित ५ वर्ष संचालन हुने सरकार र स्थानीय स्तरमा नै रोजगारीको ब्यवस्था तथा सुशासनको प्रत्याभूति दिलाउन सक्ने जनप्रतिनिधि खोजिरहेका छन्।

भिडियाे रिपोर्ट: