काठमाडौं ।
आगामी फागुन २१ गतेको निर्वाचनका लागि एकिकृत सुरक्षा योजना तीन महिना अघि नै तयार गरिएको थियो ।
चारवटै सुरक्षा संगठनहरुले आफ्ना तयारी गरिरहे पनि सीमा क्षेत्र र उच्च हिमाली क्षेत्रमा भने सशस्त्र प्रहरी बलको योजना थप प्रभावकारी हुनु पर्नेछ । सशस्त्र प्रहरी बलले देशैभर निर्वाचन परिचालन गर्ने जनशक्ति छुट्टै तालिम दिएर लुटिएका हतियारको खोजि तथा सीमा सुरक्षामा सशक्त उपस्थिति देखाउने रणनीति बनाएको छ ।
माओवादी द्वन्दको विषेश परिस्थितिमा स्थापना भएको मुलुकको कान्छो सुरक्षा संगठन सशस्त्र प्रहरी बलले स्थापनाको २५औं वर्ष पुरा गरेकै वर्ष त्यस्तै जटिल परिस्थितिमा हुने निर्वाचन सुरक्षित गराउनु पर्ने दायित्व पनि लिएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि अर्ध सैन्य सुरक्षा फौज सशस्त्र प्रहरीले आफना ३४ हजार भन्दा बढी जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।
चीन र भारत तर्फका सबै सीमा क्षेत्रमा खटिँदै आएको सशस्त्रले उच्च हिमाली क्षेत्रमा मौसमका कारण आउन सक्ने परिस्थितिको पनि मुल्याँकन गर्दै रणनीति बनाएको छ । सशस्त्रले निर्वाचनमा खटाउने जनशक्तिलाई छुट्टै तालिम दिइरहेको छ ।
विषेश गरेर तराई र कोशी प्रदेशमा अवैध हतियार तथा दुइ पक्षिय झडपले शान्ति सुरक्षामा अप्ठेरो पार्न सक्ने आँकलनसहित सोही अनुरुपको रणतीति बनाएर लागू गर्न लागिएको छ ।
वार्षिकोत्सव कार्यक्रममै सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु आर्यालले लुटिएका हतियार निर्वाचनका लागि चुनौति बन्न सक्ने भन्दै विषेश कारवाही चलाउन निर्देशन दिनु भएको थियो ।





प्रतिक्रिया दिनुहोस्