Logo ४ माघ २०८२, आइतबार | Sun Jan 18 2026


डडेल्धुरामा छैन चुनावी चहलपहल (भिडियाे रिपोर्ट)


143
Shares

काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयनको दिन आइसक्दा पनि डडेल्धुरामा चुनावी सरगर्मी देखिएको छैन ।

केन्द्रमा दलहरु आफैं अलमलमा रहँदा जिल्लामा पनि देखिएन खासै उत्साह फागुन २१ मा हुन गईरहेको निर्वाचनका लागि माघ ६ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ता गर्ने समय आईसक्दा डडेल्धुरामा कुनै पनि दल तथा स्वतन्त्र उम्मेदवारको निर्वाचन गतिविधि नहुँदा चुनाव आए जस्तो नै नदेखिएको स्थानीय बताउँछन् ।

उम्मेदवारीको टुंगो पार्टीले गर्ने र केन्द्रको राजनीतिले तरंगित हुने डडेल्धुरामा कुनै पनि राजनीतिक दलहरुले न त उम्मेदवारको छिनोफानो गरेका छन न घोषणा पत्र नै गरेका छन् । यस बिचमा मतदातासम्म कसरी पुग्ने भन्ने अन्योलका कारण चुनावी चहलपहल हुन नसकेको स्थानीय राजनीति विश्लेषकको भनाई छ ।

पार्टीहरुको व्यस्तता हो कि वा पार्टीले मातहतमा चुनावी कार्यक्रम लक्षित नगरेको हो केहि बुझ्न नसकिएको भन्दै चुनावी चहलपहल जति हुनु पर्ने हो त्यति नभएको स्थानीय राजनीतिकर्मी लक्ष्मण सिंहले बताउनुभयो ।

यस्तै फागुन २१ मा चुनाव हुनेमा विश्वस्त रहेका डडेल्धुराबासी चुनावी कार्यक्रम सामान्य तरिकाले सरगर्मी बढे पनि नयाँ पार्टी र उम्मेदवारको पखाईमा रहेकाले चुनावको चहलपहल बढन नसकेको बताउँछन् ।

प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि एक मात्र निर्वाचन क्षेत्र तथा ९३ हजार ४०३ मतदाता रहेको डडेल्धुरामा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको उम्मेदवारी र उपस्थिति पछि मात्रै चुनावी गतिबिधि तिब्र रुपमा संचालन हुने देखिएको छ ।