
विराटनगर, असोज ८ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले सरकार गठन भएको सात महिनापछि बल्ल प्रदेश सरकारले कार्यकारी हैसियत पाएको बताएका छन् ।
मुख्यमन्त्री राईले विराटनगरमा पहिलोपटक स्थापना गरिएको कृषि विकास निर्देशनालयको सोमबार उद्घाटन गर्दै प्रदेश सरकारको मातहतका प्रशासनिक कार्यालय स्थापना यसअघि नहुँदा प्रदेश सरकार कार्यकारी हैसियतबाट काम गर्न बन्चित हुँदै आएको बताए ।
मन्त्री राईले एक साताभित्र अरु दुई कार्यालयहरु स्वास्थ्य निर्देशनालय र शिक्षा निर्देशनायल सन्चालनमा आउने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्