
काठमाडौं, असोज ८ । चीनले अमेरिकामाथि व्यापारिक बदमासी गरेको आरोप लगाएको छ ।
चीनबाट आयात हुने वस्तुमा २०० अर्ब अमेरिकी डलर बराबरको करवृद्धि सोमबारदेखि कार्यान्वयनमा आएसँगै चीनले यस्तो आरोप लगाएको हो ।
अमेरिकी कदमको बदलामा चीनले पनि ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा कर बढाउने घोषणा गरिसकेको छ ।
वित्तीय इतिहासमा अमेरिकाले सबैभन्दा ठूलो व्यापारिक युद्ध सुरु गरेको चीनको आरोप छ । चीनले अमेरिकासँगको थप व्यापारिक वार्तासमेत रद्ध गरिसकेको छ ।
चीनले निर्यात गर्ने ६ हजार वस्तुमा नयाँ अतिरिक्त कर लागू हुनेछ । यस्ता वस्तुमा हातेब्याग, चामल, टेक्सटायल, स्मार्ट घडीलगायतका छन् ।
नयाँ कर १० देखि २५ प्रतिशतसम्म बढाइएको हो ।
ट्रम्प प्रशासनले यसअघि नै चीनबाट अमेरिका आयात हुने ५० अर्ब अमेरिकी डलर बराबरका सामानमा २५ प्रतिशत कर बढाएको थियो । बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याउने सामानमा करवृद्धि गरेको थियो ।
अमेरिकाले चीनबाट वार्षिक करिब ५०० अर्ब अमेरिकी डलर बराबरको सामान आयात गर्छ ।
शक्तिशाली राष्ट्रहरुबीचको पछिल्लो कदमले व्यापारिक युद्ध थप तीव्र बनेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्