२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


स्थानीय तहले बढाएका कर समायोजन गरिन्छ : अर्थमन्त्री


0
Shares

नवलपरासी, असोज ८ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय तहहरुले बढाएको कर समायोजन गरिने बताएका छन् ।

पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयको आइतबार उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले व्यावसायिक, कृषि, प्लटिङलगायतका जग्गाको प्रकृति छुट्टाएर सम्पत्ति कर निर्धारण गर्न स्थानीय तहलाई निर्देशन दिइएको बताए ।

कर बढेको गुनासो आएपछि त्यसलाई निर्धारण गर्न संसदमा विधेयक लैजाने तयारी गरेकोसमेत खतिवडाले जानकारी दिए ।

कर निर्धारणबारेको विधेयक पास भएपछि करको समस्या पनि समाधान हुने मन्त्री खतिवडाको दाबी छ ।

यसअघि, केन्द्र सरकारको मन्त्रिपरिषद बैठकले पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सारसँगै देशका पाँचओटा छोटी भन्सारलाई मूल भन्सारमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार अर्थमन्त्री खतिवडाले महेशपुर भन्सार कार्यालयको उद्घाटन गरेका हुन् ।