काठमाडाैं ।
नेपालका राजनीतिक दलका नेताहरु पछिल्ला दिनमा नयाँदिल्लीको दौडाहामा व्यस्त छन् ।
निर्वाचन नजिकिदै जाँदा उनीहरुको दौडधुपलाई महत्वका साथ हेर्न थालिएको छ । उनीहरुले भारत पुगेर त्यहाँका प्रभावशाली व्यक्तिहरुसँग संवाद र छलफल गरिरहेका छन् ।
पूर्व राजा ज्ञानेन्द्रबाट शुरु भएको भारतको दौडाहा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पुष्पकमल दाहालदेखि कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजुसम्म आईपुगेको छ । एक रिपोर्ट ।
नेपालमा जबजब महत्वपूर्ण घट्नाक्रम सुरु हुन्छन् तब नेताहरुको भारत दौडधुप तीव्र हुने गरेको छ । यो विगतदेखिकै परम्परा हो । विभिन्न बहानामा भारत पुगेर नेताहरुले आफ्नो पक्षमा माहोल बनाउन कोशिस गर्दै आएको कुरा पनि नयाँ होइन । अहिले पनि चुनाव नजिकिंदै गर्द त्यही क्रम सुरु भएको छ ।
जेनजी आन्दोलनपछि लड्खडाएको नेपाल निर्वाचनमा होमिंदै छ । मुलुक निर्वाचनमा होमिएका बेला नेताहरु भने भारतको रिले दौडमा ब्यस्त हुन थालेका छन । उनीहरु विभिन्न बहानामा भारत भ्रमणमा पुगेको देखिएपनि आन्तरिक रुपमा उनीहरु सवैको उद्धेश्यल भारतको आशीर्वाद लिने हो भन्दै आलोचना पनि भईरहेको छ ।
लामो समयदेखि पूर्वी नेपालको झापामा बस्दै आएका पूर्व राजा भारतको पश्चिम वंगालको यात्राबाट फकिएपछि नेताहरुको दिल्ली दौड पनि शुरु भएको हो ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दिल्लीबाट फर्किएलगत्तै नेकपा संयोजक पुष्पकमल दाहाल पनि दुईदिने दिल्ली यात्रा सकेर फर्किएका छन् । उनी स्वदेश नफर्किदै कांग्रेस नेतृ आरजु राणा देउवा पनि दिल्ली पुगिसकेकी थिइन ।





प्रतिक्रिया दिनुहोस्