Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


बलियो बन्दै रास्वपा (भिडियाे रिपोर्ट)


676
Shares

काठमाडौं ।

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी रुपन्देहीका जिल्ला अध्यक्षसहितका व्यक्तिहरु सामूहिक रुपमा रास्वपामा समाहित भएका छन् ।

रञ्जिता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि असन्तुष्ट बनेका उनीहरुले रास्वपा रोजेका हुन् । बृहत राजनीतिक समायोजन घोषणा सभामार्फत उनीहरुले रास्वपा प्रवेश गरेका हुन् । यसरी, विभिन्न व्यक्तिहरु पार्टीमा समाहित हुन थालेपछि रास्वपा बलियो बन्दै जान थालेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलहरुलाई राम्रैसंग चुनौती दिन थालेको छ । निर्वाचन नजिकिएसँगै रास्वपा आक्रामक रुपमा अघि बढेको छ । बालेन शाहदेखि कुलमान घिसिङ लगायतका व्यक्तिहरुलाई पार्टीमा समाहित गरेपछि रास्वपाले राजनीतिमा तरंग नै ल्याएको छ । यसले पुराना दलहरुमाथि थप दबाब बढाएको छ ।

यो निर्वाचनमा पुराना दलहरुलाई बढार्ने रास्वपाको रणनीति छ । सोहीअनुसार रास्वपाले विभिन्न लोकप्रिय व्यक्तिदेखि विभिन्न शक्तिहरुलाई पार्टीमा समाहित गरिरहेको छ ।

रास्वपा अब थरुहट क्षेत्रमा पनि उपस्थिति जनाउने गरी अघि बढेको छ । पार्टीले नागरिक उन्मुक्ति लगायत थरुहट/थारुवान अभियान्ताहरू पार्टीमा समावेश गरेपछि यी क्षेत्रमा रास्वपाको प्रभाव बढ्ने आँकलन गरिएको छ ।

यसका अलावा रास्वपाले अन्य जिल्लाहरुमा पनि संगठन विस्तारलाई तीव्र बनाइरहेको छ । यसले पुराना दलहरुलाई केही दबाब दिएको छ ।