Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


पर्साको जगरनाथपुरबाट १० लाखभन्दा बढी नगदसहित तीन हुण्डी कारोबारी पक्राउ


91
Shares


वीरगन्ज ।

पर्सा जिल्लामा अवैध हुण्डी कारोबार विरुद्ध प्रहरीले सक्रियता बढाउँदै गएको छ ।

सोही क्रममा विशेष सूचनाको आधारमा श्रोत नखुलेको १०लाख रुपैया सहित तिन युवक पक्राउ परेका छन । प्रहरी टोलीले पर्साको जगरनाथपुर क्षेत्रबाट स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी नगदसहित तीन जना हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

अबैद्य रुपैया सहित पक्राउ पर्नेहरूमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ४ देउरवाना बस्ने २२ वर्षीय पवन कुमार साह, ३० वर्षीय मुस्ताक अन्सारी र १९ वर्षीय रामपुकार पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूको साथबाट १० लाख २ हजार १० रुपैयाँ नगद बरामद गरिएको छ ।साथै, उनीहरूले प्रयोग गरेका ना। १६ प ३०२० नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी टोलीले उनीहरूलाई शुक्रबार जगरनाथपुर गाउँपालिका–३ गडैयाटोल स्थित सडकखण्डबाट नियन्त्रणमा लिइएको जनाइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले उक्त रकम अवैध हुण्डी कारोबारका लागि बोकेको खुलेको प्रहरीको भनाइ छ । बरामद रकमको स्रोत खुलाउन नसके पछि उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ परेका तीनै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ ९क० अनुसार हुण्डी सम्बन्धी कारोबार गर्न नहुने’ कसूरमा मुद्दा दर्ता गरेको छ । सोही कसूरमा पर्सा जिल्ला अदालतबाट ७ ९सात० दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो समय पर्सा जिल्लामा अवैध वित्तीय कारोबार, हुण्डी तथा गैरकानुनी रकम ओसारपसारका घटना बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न विशेष निगरानी र चेकजाँच तीव्र बनाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध आर्थिक गतिविधिले देशको वित्तीय प्रणालीमा नकारात्मक असर पार्ने भएकाले यस्ता गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । साथै, आम नागरिकलाई अवैध कारोबारबाट टाढा रहन र यस्ता गतिविधिबारे सूचना भए प्रहरीलाई जानकारी गराउन आग्रह समेत गरिएको छ ।