
बझाङ, असार ६ । बझाङको चैनपुर–ताक्लाकोट सडकखण्डको तल्कोट गाउँपालिकास्थित बयालधारमा सुख्खा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध बनेको छ ।
डोजरले फराकिलो सडक बनाउने क्रममा माथिबाट पहिरो खसेपछि सडक बन्द भएको हो ।
पहिरो खोल्नका लागि सडक निर्माण कम्पनीले पहल गरे पनि ठाउँ जोखिमपूर्ण भएको र माथिबाट ढुंगासहित पहिरो खस्ने क्रम जारी रहेकोले समस्या भइरहेको ठेकेदार बिर्खबहादुर थापाले जानकारी दिए ।
सडक खुल्न एक÷दुई दिन लाग्ने ठेकेदार कम्पनीले बताएको छ । सडक बन्द भएसँगै आवतजावत गर्ने पैदल यात्रुलाई समेत असहज भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्