काठमाडौं । नेपालको वैकल्पिक राजनीतिका सर्वाधिक चर्चित दुई पात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भएको एकताले नेपाली राजनीति तरंगित बनेको छ ।
मेयर बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्दै भएको एकता सम्झौताले नेपाली मतदाताको मन कत्तिको प्रभावित गर्छ भन्ने कुरा चुनावबाटै निर्क्याेल होला। तर रवि र बालेनबीचको एकताले नयाँ-पुराना अन्य शक्तिहरुलाई झड्का भने दिएको छ।
शनिबार प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातारवण बनाउन विघटित प्रतिनिधि सभाका ठूला राजनीतिक दलहरुका शीर्ष नेताहरुलाई वालुवाटारमै बोलाएर छलफल गरिरहेकै समयमा वैकल्पिक शक्ति बनाउने वार्ता पनि चलिरहेको थियो। जेनजी आन्दोलनपछि पहिलो पटक तिन दिलका शीर्ष नेताहरु वालुवाटार पुगेकै रात मुलुकका नयाँ राजनीतिक शक्तिका लागि सहमति भयो । लगातार एक साता भन्दा लामो संवादपछि राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेनबीच एकताको सहमति जुटेको हो । ७ बुँदे सहमतिमा चुनाव चिन्हदेखि पार्टीको झण्डा र नाम राष्ट्रिय स्वतन्त्र पार्टीकै हुने भएको छ। मेयर बालेनले पनि दल दर्ता गराएर संसदीय राजनीतिमा आउने तयारी गरिसक्नुभएकाे थियाे ।
तर रास्वपासँगको एकतामा बालेनलाई चुनावपछि प्रधानमन्त्री बनाउन सहमति गरिएको छ । बृहत एकता भनिए पनि बालेन साहका तर्फको रास्वपामा के कति हिस्सा हुने र पद कसरी निर्धारण गर्ने भन्ने उल्लेख गरिएको छैन । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र रुपमा निर्वाचित बालेनसँग ठूलो संगठीत समूह छैन । तर निर्वाचन आयोगमा सोमबारसम्म बुझाउनु पर्ने सामानुपातिक सूचीमा बालेनकोतर्फबाट छनोट गर्छन् भन्ने ले पनि रास्वपामा बालेनको हिस्साको टुंगो लाग्नसक्छ । यद्यपी सामानुपातिकमा बालेनले करिब ४० जना लिने बताइएको छ । त्यसैगरी रवि र बालेनले हस्ताक्षर गरिएको सहमतिपत्रमा जेनजी आन्दोलनका भावना समेटने लगायत भागबण्डाको विषयहरु पनि समेटिएका छन् ।
सहमतिपत्रमा पार्टीको सैद्धान्तिक र वैचारिक पक्ष केही पनि उल्लेख गरिएको छैन । वैकल्पिक शक्ति बन्ने उद्धेश्य बोकेको पार्टीको सैद्धान्तिक लाइन के हो भन्ने प्रश्न चुनावमा पनि उठ्न सक्छ । त्यसो त प्रदेश सभा र स्थानीय सरकारमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अहिले उपस्थिति छैन । रास्वपाले अघिल्लो निर्वाचनमा प्रदेशाम उम्मेदवारी दिएको थिएन भने बालेनले प्रदेशतर्फ मतदान समेत गर्न समेत तर्किदै आएका छन् । त्यस्तै, धर्मनिरिपेक्षता, संघीयता- गणतन्त्र जस्ता विषयमा रवि र बालेन सकारात्मक रहेको भनिए पनि सहमतिपत्रमा यो विषयमा पनि केही पनि उल्लेख छैन । अर्थनीति र परराष्ट्रनीति जस्ता मूलभूत नीति कस्तो हुने भन्ने पनि स्पष्ट भईसकेको छैन । बालेन र रविको सहमतिपत्रमा दीर्घकालिन राजनीतिक बाटो तय नभएको विश्लेषक इन्द्रा अधिकारीको तर्क छ।
आगामी फाुगनमा हुने निर्वाचनमा पुराना राजनीतिक शक्तिहरुसंगै बालेनसँगको एकता गरी अघि बढेको रास्वपा र हिन्दु अघिराज्य फर्काउन चाहाने परम्पपरागत शक्तिहरु प्रतिश्पर्धा हुन सक्छ । पुराना शक्तिप्रतिको निराशाका कारण उदय हुने शक्तिको आगामी निर्वाचनमा परिक्षा हुने विश्लेषक केशव दाहाल बताउनुभयाे।
अहिले ठूलो मतदाता संख्या राजनीतिक दलहरुमा आवद्ध नभएकाले पनि निराशा र पपुलिष्टहरुका लागि बाटो खुलेको चन्द्रदेव भट्टको बुझाइ छ । दीर्घकालिन सोच भन्दा चर्चाको शिखरमा रहेका व्यक्तिहरु प्रभावकारी हुनसक्ने देखिएको छ। रवि र बालेनबीचको एकताले नयाँ वा पुराना अन्य दलहरुलाई पनि एकता र गठबन्धन गर्न बाध्य बनाउन सक्छ । तसर्थ चुनावका दिनसम्मै हुनसक्ने गठबन्धन र ध्रुवीकरणले पनि आगामी चुनावको परिणामलाई निर्देशित गर्नेछ।
भिडियाे रिपाेर्ट:





प्रतिक्रिया दिनुहोस्