Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


एमालेका नेता तथा कार्यकर्ताकाे विजय उत्सव ! (भिडियाे रिपोर्ट)


260
Shares

काठमाडाैं। नेकपा एमालेको निर्वाचनको मत परिणाम सार्वजनिक भएलगत्तै नेता तथा कार्यकर्ताहरुले विजय उत्सव मनाएका छन् ।

निर्वाचित भएका उम्मेदवारहरुका समर्थकले मतदानस्थल भृकुटीमण्डपमै नाराबाजी गर्दै विजय उत्सव मनाएका हुन् । एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ।पार्टीकाे ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतदानबाट ओली लगातार तेस्रो कार्यकालका लागिन निर्वाचित हुनुभएको हो। एमाले अध्यक्षमा ह्याट्रिक गर्दा ओलीले दुई तिहाइ भन्दा बढी मत पनि प्राप्त गर्नुभएको छ। एमालेका कूल २ हजार २ सय ६३ जना महाधिवेशन प्रतिनिधि मध्ये २२ सय २७ जना मतदानमा सहभागी भएकोमा ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्नुभयो। ओलीका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त मात्रै प्राप्त गर्नुभएकाे छ।

तेस्रो पटक अध्यक्ष हुँदा सर्वसम्मत हुन चाहेका ओलीलाई पोखरेलले चुनौती दिनुभएको थियो। ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्किन रोक लगाएपछि पोखरेल ओलीको प्रतिष्पर्धीको रुपमा खडा हुनुभएको थियो। अध्यक्ष पछिको अर्को शक्तिशालि पद महासचिवमा पनि ओली प्यानलकै शंकर पोखरेल निर्वाचित हुनुभएको छ। दोस्रो पटक महासचिवमा निर्वाचित हुनुभएका पोखरेलले १ हजार २ सय २८ मत प्राप्त गर्नुभयो भने प्रतिष्पर्धी सुरेन्द्र पोण्डले ९ सय ९९ मत प्राप्त गर्नुभयो।

स्थलगत भिडियाे रिपोर्ट: