Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


संघीय सरकारसँग अधिकार माग्दा–माग्दा थकित भइसकें : मुख्यमन्त्री गुरुङ


0
Shares

पोखरा, असोज ७ । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीय सरकारसँग अधिकार माग्दा–माग्दा आफू थकित भइसकेको गुनासो गरेका छन् ।

आइतबार पोखरामा गन्डकी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले सरकार गठन भएको ७ महिना बितिसक्दा पनि केन्द्रीय सरकारले प्रदेशलाई काम गर्ने अधिकार नदिएको बताए ।

प्रदेश सरकारसँग पर्याप्त कर्मचारी, प्रहरी र काम गर्ने संयन्त्र नभएको भन्दै उनले केन्द्रले सहयोग गरे प्रदेशको समृद्धिका आवश्यक योजना बनाउन सकिने बताए ।