Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


पाल्पाका स्थानीयले कबुलियती वनबाट मनग्य आम्दानी गर्दै

बजार व्यवस्थापनको भने समस्या

169
Shares

पाल्पा। पाल्पाकाे झिरुवासका स्थानीयवासी ३ दशक अघि राम्रो लुगा लगाएका सुकिला मानिस सहरबाट गाउँमा आउँदा घरभित्र बस्ने र लुकेर बस्ने गर्दथ्य। तर अहिले रेडवार्ना नेपाल र अहिले कबुलियती वनको आम्दानीले उनीहरुकाे जीवनस्तरमा परिवर्तन ल्याएको हाे।

वनमारा घाँसले ढाकेर हैसियत बिग्रेको काउले डाँडाको वनलाई पूर्वीपाल्पाका स्थानीयले कबुलियती वनको रुपबाट अम्रिसो खेती गर्दै आएका हुन् । २०६७ सालदेखि शुरु भएको कबुलियती वनमा अहिले २ सय २७ घरघुरी परिवारले अम्रिसो खेती गर्दै आय आर्जन गर्दै आएका छन्। अम्रिसोबाट कुचो बनाएर बेच्ने र घाँस वस्तुभाउलाई पोषिलो आहार बन्ने हुँदा गाउँका १९ समूहले अम्रिसो खेती गर्दै आएका छन्।

शुरु-शुरुमा वार्षिक ३ करोड सम्म आम्दानी हुने गरेको तर अहिले केही वर्ष यता बजार व्यवस्थापन राम्रो नभएका कारण आम्दानीमा कमि आएको कृषकहरु बताउछन् । जलवायु परिवर्तनका साथै गरिबी निवारणगरि जनजीविकोपार्जनमा सहजता ल्याउन काउले डाँडा कबुलियती वन शुरु गरिएको अध्यक्ष दमनसिंह पाटाले बताउनुभएकाे छ।

२ सय ४६ हेक्टर क्षेत्रफलमा अम्रिसो खेती गरिएको यस वनमा अवलोकन गर्न ५५ जिल्लाबाट जन समूह र सरोकारवालाहरु आएर जानकारी लिएका छन् । अम्रिसो बाट वनेको एउटा कुचोको ४० देखि ६० रुपैयाँ सम्म पर्ने र गोडमेल बाहेक अन्य श्रम खर्च गर्न नपर्ने हुँदा पनि किसानहरुमा यो खेतीतर्फ आकर्षण बढ्दै गएको छ। गाउँमै कुचो खरिद गर्न आउने हुँदा पनि बिक्रीका लागि मूल्य राम्रो नभए पनि सहजता भएको स्थानिय धनिसरा पाटाले बताउनुभएकाे छ।

सहर बजार भन्दा गाउँमा रोजगारीका अवसर कम हुन्छन् । तर गरिविको रेखामुनि रहेका गाउँका विपन्न परिवारको जिवनस्तर उठाउन स्थानीय सरकारले यस्ता आय आर्जनका कामलाई बजार व्यवस्थापनका लागि प्राथमिकता दिन आवश्यक रहेको देखिन्छ।