Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नेपाल ४–४ मलेसिया


0
Shares

काठमाडौं, असोज ७ । काठमाडौंमा सम्पन्न एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनोटको समूहको अन्तिम खेलमा नेपालले एक अंक बटुलेको छ ।

आइतबार हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा नेपालले मलेसियासँग ४–४ गोलको बराबरी खेलेको हो ।

खेलमा मलेसियाले प्रारम्भिक अग्रता लिएको थियो । नेपालले एक गोल आत्मघातीकारुपमा उपहार पायो ।

चार टोलीले सहभागिता जनाएकामा समूह ‘ई’को आयोजक नेपालले पुछारमा रहेर लिग सकाएको छ । गोल अन्तरका आधारमा मलेसिया तेस्रो भयो ।

आइतबारै भएको आफ्नो अन्तिम खेलमा फिलिपिन्सलाई ५–१ ले हराउँदै म्यानमार समूह विजेता बनेको छ ।

समूहका शीर्ष दुई टिम म्यानमार र फिलिपिन्सले अर्को वर्ष थाइल्यान्डमा आयोजना हुने यु–१६ महिला च्याम्पियनपसिप खेल्न पाउने भएका छन् ।

यसअघि, नेपाल फिलिपिन्ससँग ४–० ले तथा म्यानमारसँग ११–१ गोलले पराजित भएको थियो । समग्रमा नेपालले १९ गोल खाँदा ५ गोलमात्र गर्न सक्यो ।