काठमाडाैं ।
जहानियाँ राणाहरुको शासन चलिरहेकै बेला नेपालमा भारतको कोलकाताबाट पहिलोपटक कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।
पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको कम्युनिष्ट पार्टीको मुलधारका रुपमा रहेको नेकपा एमाले आफनो ११ औँ महाधिवेशन गर्दैछ । जहानियाँ राणा शासन र प्रजातन्त्रका लागि पंचायतविरुद्ध आन्दोलन गरेर ७६ वर्षे लामो इतिहाससँग जोडिएको पार्टीकालागि यस पटक जेनजी आन्दोलनको भावना अनुसार पार्टीलाई अगाडि लैजानु चुनौतीपूर्ण रहेको छ ।
विक्रसंवत २००६ साल वैशाख १० गते मुलुकमा राणा शासनविरुद्ध आन्दोलनको तयारी भइरहेकै बेला भारतको कोलाकातामा पहिलो पटक पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । त्यही कम्युनिष्ट पार्टीको इतिहाससँग जोडिएर बनेको नेकपा एमाले आफनो ११ औँ महाधिवेशन गर्दैछ ।
विक्रसंवत २०१० साल माघ १३ गते ललितपुरको पाटनमा भूमिगत रुपमा उद्घाटन भएर १७ गते काठमाडौंमा पहिलो अधिवेशन सम्पन्न भएको थियो । जसले मनमोहन अधिकारीलाई पहिलो महासचिवमा चयन गर्दै १५जनाको कन्द्रिय कमिटी गठन गरेको थियो ।
विक्रसंवत २०१४ मा जेठ १५ गते भएको दोस्रो महाधिवेशनले केशरजंग रायमाझिलाई महासचिव चयन गरे पनि रायमाझिले २०१७ सालमा राजा महेन्द्रबाट भएको कू–लाई समर्थन गरेको आरोप लगाएर हटाइए पछि २०१९ साल वैशाखमा तेस्रो महाधिवेशन भएको थियो ।
राजा महेन्द्रले सत्ता हातमा लिएका कारण भारतको वनारसमा भएको तेस्रो महाधिवेशनबाट तुलसिलाल अमात्य महासचिव भएका थिए । त्यसयताको पंचायति शासनमा कम्युनिष्ट पार्टीले नियमित महाधिवेशन गर्न त सकेन तर नयाँ संरचनाहरु स्थापना भए । २०३२ सालमा सीपी मैनाली सचिव भएर अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिसेसन कमिटी स्थापना भयो जसमा माधव नेपाल , झलनाथ खानाल समेत थिए ।
पछि २०३५ साल पुसमा सीपी मैनालीकै नेतृत्वमा नेकपा माले स्थापना भएको थियो । जसमा सिपी मैनाली महासचिव , माधव कुमार नेपाल जीवराम आश्रित, मदनभण्डारीसहित कमिटी बनेको थियो । यो बीचमा मोहन विक्रम सिंह नेतृत्वमा २०३१ सालमा चौथोमहाधिवेशन भनिए पनि त्यसलाई मान्यता नदिएर टुटफुट भएका कम्युनिष्टहरुलाई एकै ठाउँमा राख्ने भन्दै २०४६ साल भदौमा सिराहामा चौथो महाधिवेशन गर्याे र मदन भण्डारीलाई महासचिवमा चयन गरेको थियो ।
२०४६ सालमा तत्कालिन नेपाली कांग्रेस संग मिलेर आन्दोलन गरेको मालेले २०४७ साल पुस २२ गते नेकपा माले र नेकपा माक्र्सवादीबीच एकता गरेर नेकपा एमालेको जन्म भएको हो । जसमा केपी शर्मा ओली र ईश्वर पोखरेल पनि केन्द्रिय कमिटीमा थिए । २०४९ सालमै एमालेले पाँचौं महाधिवेशन गरेर मनमोहन अधिकरीलाई अध्यक्ष र मदन भण्डारीलाई महासचिव बनाएको थियो । तर २०५० साल जेठ ३ गते दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परेर मदन भण्डारीको निधन भयो । त्यसपछि माधव कुमार नेपाललाई महासचिव चयन गरेको थियो ।
२०५४ साल माघमा बाँकेको भएको पाँचौं महाधिवेशनले माधवकुमार नेपाललाई नै महासचिव चयन ग¥यो र एमालेबाट माले विभाजन गएर गयो । विभाजित मालेका बामदेव गौतमसहितका नेताहरु २०५८ सालमै फेरि एमालेमा जोडिएका थिए । एमालेको सातौं माहाधिवेशन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको बेला जनकपुरमा भएको थियो । जनकपुरमा केपी शर्मा ओलीले पार्टीको लोकतान्त्रिकरण सम्बन्धि अवधारणा अस्विकार गरिएको थियो ।
त्यही बीचमा मनमोहन अधिकारीको निधन भएपछि महासचिव माधव नेपालको एकल नेतृत्वमा चलिरहेको एमालेले राजाको शासन र जनआन्दोलन सम्म कुनै महाधिवेशन गर्न सकेन र २०६५ साल फागुनमा वुटवलमा भएको ८ औँ महाधिवेशनले झलनाथ खनाल र केपी शर्मा ओलीबीच अध्यक्षका लागि भएकाले प्रतिश्प्रर्धामा खनाल निर्वाचित भएका थिए । त्यसयता एमाले बहुपदिय प्रणाली लागु गरेको हो ।
त्यति बेला खनालकै प्यानलबाट महासचिव निर्वाचित भएक हुन । २०७१ सालमा भएको नौं महाधिवेशनमा पनि केपी शर्मा ओली माधव नेपाल सँग अध्यक्षको प्रतिश्प्रधामा उत्रिए । नेपाललाई ४४ मतले मात्रै पराजित गरेर ओली अधयक्षमा निर्वाचित हुँदा उनकै प्यानलबाट ईश्वर पोखरेल नेपाल प्यानलका सुरेन्द्र पाण्डेलाई पराजित गरेर महासचिवमा निर्वाचित भएका थिए । ओलीकै १० औँ महाधिवेशन अघिनै नेपकपा एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकता भए पनि तीन वर्ष भन्दा बढी टिक्न सकेन र २०७८ सालमा एमाललेले छुट्टिएर आफनो १० औँ महाधिवेशन गरेको थियो ।
माधव कुमार नेपाल, झलनाथ खनाल समेत पार्टी छोडेर बाहिरी सकेको अवस्थामा भिमरावलले ओलीलाई टक्कर दिए पनि जित्न सकेनन । पुष्पलालले जहानियाँ राणा शासनको समयमा स्थापना गरेको कम्युनिष्ट पार्टीकै जगमा उभिएको एमाले जेनजीहरुको आन्दोलन पछि अहिले ११ औँ महाधिवेशन गर्दै छ । कुनै बेला ओली प्यानलबाट महासचिव बनेका ईश्वर पोखरेल अहिले ओलीसंग अध्यक्षका लागि प्रतिस्पर्धा गर्दैछन ।
रोचक त ९ औँ महाधिवेशनमा महासचिवका लागि ईश्वर पोखरेल संगै प्रतिसपर्धा गरेका सुरेन्द्र पाण्डे उनकै प्यानलबाट महासचिवकै लागि उमेद्वार भएका छन । मुलुकमा देखिएका परिस्थितिसँगै नेकपा एमालेको महाधिवेशनले कम्युनिष्ट पार्टीहरुको आगामी दिनलाई समेत निर्धारण गर्नेछ ।





प्रतिक्रिया दिनुहोस्