१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024


सरकारविरुद्ध महिला संघको प्रदर्शन


0
Shares

काठमाडौं, असोज ७ । नेपाल महिला संघले सरकारको विरोधमा आइतबार काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन गरेको छ ।

कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याराहरुलाई कारबाही गर्न नसकेको, महँगी नियन्त्रण गर्न नसकेकोलगायतका मुद्दा उठाउँदै महिला संघका कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

आफूहरुले उठाएका मुद्दाप्रति सरकार गम्भीर नभए अझ सशक्तरुपमा उत्रिने महिला संघकी नेत्री धना खतिवडाले बताइन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका महिला संघहरुसमेत सहभागी विरोधर्‍यालीपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो ।