
गोरखा, असार ६ । पूर्वयुवराज पारस शाह पुर्ख्यौली थलो गोरखा पुगेका छन् ।
केही साधुसन्त र युवाहरुसहित गोरखा पुगेका उनले शाहवंशको कूलदेवी गोरखकाली र इष्टदेव गोरखनाथ मन्दिरमा पुजा गरे ।
पूजापछि पूर्व युवराजले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी गोरखा संग्रहालयको अवलोकन गरेका थिए । संग्रहालयमा रहेका सामग्रीहरुमा उनले विशेष रुचि देखाएका थिए ।
उनलाई स्थानीय सर्वसाधारणले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्