Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


इन्धनमा लागू गरिएको कोटा प्रणाली हटाइयो


0
Shares

काठमाडौं, असोज ७ । चालकहरुले आन्दोलन फिर्ता लिएपछि नेपाल आयल निगमले इन्धन वितरणमा लागू गरेको कोटा प्रणाली हटाएको छ ।

निगमले आजदेखि कोटा प्रणाली हटाउँदै उपभोक्ताले मागेजति तेल पाउने व्यवस्था गरेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । उनले पेट्रोल पम्पहरुलाई मागेजति तेल दिन निर्देशन दिइसकेको बताए ।

इन्धन अभावले पेट्रोल पम्पमा लाम लागेपछि निगमले असोज ५ गतेबाट लागू हुनेगरी मोटरसाइकल र स्कुटरलाई बढीमा पाँच लिटर र हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल दिने गरी कोटा निर्धारण गरेको थियो ।

त्यसैगरी डिजेलबाट चल्ने छोटा दूरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दूरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म मात्रै डिजेल उपलब्ध गराइएको थियो ।