Logo १७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025


पोखरा महानगरमा फोहोरबाट मोहोर बनाइँदै (भिडियाे रिपाेर्ट)

हरित रोजगारी सिर्जना कार्यक्रम लागू, १३६ समूह क्रियाशील

0
Shares

पोखरा। पोखरा महानगरपालिकाले फोहाेर व्यवस्थापन र उद्यमशीलता सँगसँगै अघि बढाएको छ।

विभिन्न अन्तराष्ट्रिय संस्थाको सहयोगमा फोहोर व्यवस्थापन र उद्यमशिलता कार्यक्रम सञ्चालन गरेको महानगरको यो परियोजनामा स्थानीयको पनि आर्कषण देखिएको हाे। घरबाट निस्कने फोहारबाटै बन्ने सामग्रीको बजार व्यवस्थापन पालिकाले नै गरिदिए पछि स्थानीयहरु यो कार्यक्रममा जोडिएका छन्।

महानगरले हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत फोहोरबाटै मोहर कमाउन सक्ने कार्यक्रम लागू गरेको छ। महानगरका ३३ वडामा चार समूह बनाई १ सय ३६ वटा समूह यो अभियानमा क्रियाशील छन्।
यो अभियानमा जोडिएका नागरिकलाई जीवन उपयोगी सामाग्री निर्माणको तालिम दिइएको हाे। जसले फोहारलाई वर्गीकरण गरी त्यसको उपयोग गरिँदै आइएको छ। यो परियोजनामा जोडिएकी शान्ति अधिकारीले खेर गएको कागजबाट पेन्सील बनाएर बेच्ने गर्नुभएकाे हाे । अधिकारीसँगै सोही समूहमा अरु चार जना छन्।

पहिले घरको काम बाहेक अन्य क्षेत्रमा चासो नदिएका महिलाहरु अहिले परियोजना तालिम पछि उत्पादन मूलक काममा जोडिएका छन् । घरको काममा मात्रै सिमित पोखराका महिला महानगरको यो योजनामा सक्रिय सहभागी भइरहेका छन् । जसले फोहोर व्यवस्थापन र आम्दानी सहज भएको स्थानीय रितु सुवेदीले बताउनुभयाे।

महानगर र ठुला संस्थाको सहकार्यमा संचालनमा रहेको परियोजनाले फोहोर व्यवस्थापनबाटै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य रोखेको छ । यो परियोजनामा पहिलो प्राथमिकता महिलालाई दिएको
पोखरा महानगरपालिका-२ की वडा सदस्य भीमकुमारी आलेले बताउनुभयाे।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका), युएनडीपिको सहयोगमा सञ्चालित यस परियोजनाअन्तर्गत, कुहिने फोहोर बाट कम्पोष्ट मल बनाउने र नकुहिने फोहोर बाट हस्तकलाका सामग्री बनाउने गरी तालिम दिइएको छ। उक्त सामग्रीहरू कोसेली घरमार्फत परियोजनले नै किनिदिने भएपछि यो कार्यक्रममा स्थानीयको आकर्षण देखिएको छ।

भिडियाे रिपाेर्ट: