Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


दसैंका लागि खसी–बोकाको बिक्री सुरु


0
Shares

सिन्धुली, असोज ७ । सिन्धुलीको ग्रामीण क्षेत्रका पशुपालक किसानले दसैंका लागि खसी–बोकाको बिक्री सुरु गरेका छन् ।

नेपालीको महान चाड दसैंका लागि खसीबोका भित्र्याउन व्यापारीको चहलपहल भएसँगै सिन्धुलीका पशुपालक किसानले पनि खसीबोकाको बिक्री सुरु गरेका हुन् । व्यावसायिक रुपमा बाख्रापालन व्यवसाय सञ्चालन गरेका गाउँका किसानले खसीबोका बिक्री गरी दसैंका लागि खाद्यान्न र लत्ताकपडा किन्ने गरेका छन् ।

जिल्लामा यस वर्ष जिउँदो खसी प्रतिकिलो ५ सयदेखि ६ सय रुपैयाँमा बिक्री भइरहेको छ । त्यसैगरी प्रतिकिलो ७ सयदेखि ९ सय रुपैयाँका दरमा बोका बिक्री भइरहेको छ ।

व्यापारीहरुले यस वर्षको दसैंका लागि सिन्धुलीमाडीबाट काठमाडौं, पोखरा, जनकपुरलगायतका विभिन्न स्थानमा करिव ६५ हजार खसीबोका निर्यात गर्ने जनाएका छन् ।