Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


सिँचाइ सुविधा पुगेपछि किसानको जीवनस्तरमा परिवर्तन


0
Shares

उदयपुर, असोज ७ । उदयपुरको चौदण्डीगढी नगरपालिका–१ शिखरपुरमा सिँचाइ सुविधा पुगेपछि किसानको जीवनस्तरमा परिवर्तन आएको छ ।

केही वर्ष अघिसम्म कोदो, बेसार, जुनेलो र फापर मात्र उत्पादन हुने शिखरपुरमा सिँचाइ सुविधा उपलब्ध भएपछि अहिले धान, गहुँ, मकैलगायतका बालीसमेत उत्पादन हुन थालेको हो । यहाँका किसानले ५ वर्ष लगाएर चित्रेखोलाको पानी गाउँसम्म पु¥याएका हुन् ।

चारैतिर वन जंगलले घेरेको शिखरपुरको भिरालो जमिनमा यसअघि किसानलाई कोदो रोप्नसमेत आकासे पानीको भर पर्नुपर्ने बाध्यता थियो । 

चित्रेखोला सिँचाई आफ्नै पौरखबाट सञ्चालनमा आएपछि अब धान, मकै गहँु र मुसुरोको उत्पादनले ५२ घर परिवारको जीवन शैलीमा परिवर्तन आएको छ । वर्षमा १० महिना बेसाहा खोज्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुनुका साथै गाउँमा शिक्षा स्वास्थ्य, यातायात र बिजुलीमा पहुँच पुगेको छ ।

कुपोषण, सरुवा रोगको प्रकोप र संक्रमणमा जकडिएको गाउँमा प्रशस्त अन्न उत्पादन हुन थालेसँगै किसानले मनग्य आम्दानी गर्न थालेका छन् ।