काठमाडौं, असोज ६ । यो साता पुँजीबजारसहित कारोबारमा पनि वृद्धि आयो ।
यो साता सेयरबजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा ११ अंकले बढेर अन्तिम दिन १२ सय ५५ विन्दुमा पुग्यो ।
यो साता कारोबार भएका सबै समूहमा वृद्धि आएसँगै साताको नेप्से दोहोरो अंकले सुधारिएको हो । गत साता भने नेप्से २६ अंकले बढेको थियो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १८९ कम्पनीहरुको दुई अर्ब ६२ करोड ५० लाख रुपैयाँ बराबरका ९० लाख ७० हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।
गत साता १८६ कम्पनीहरुको दुई अर्ब १० करोड १५ लाख रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा करिब २५ प्रतिशत बढी हो ।
यो साता कारोबार रकम, कारोबार भएको सेयर संख्या र कारोबार संख्याको आधारमा एनएमबि बैंक अग्रस्थानमा रह्यो ।
कारोबार रकमकै आधारमा एनएमबि बैंकलाई एनआइसी एसिया बैंक, सानीमामाई हाइड्रोपवर, नेपाल बैंक र प्रभु बैंकले क्रमशः पच्छ्याउन पुगे ।









प्रतिक्रिया दिनुहोस्