Logo ५ माघ २०८२, सोमबार | Tue Jan 20 2026


बारामा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप (भिडियाे रिपाेर्ट)

मुलुकमा शान्ति र सुशासनका लागि दल र सबै पक्ष संयमित हुन जरूरी

403
Shares

प्रमिला खतिवडाप्रकास लम्साल

काठमाडाैं । नेकपा एमाले नेताहरु पुग्ने जानकारी पाएसँगै बारामा बुधबार जेनजी युवाले प्रदर्शन गरेका छन्। एमाले नेता र युवाबीचकाे झडप समेत बढेर प्रशासनले कर्फ्यू आदेश नै जारी गर्नुपर्यो । मुलुक निर्वाचनको चटारोमा रहँदा दलहरुबीच तिक्तता र मुठभेड बढ्न नदिन सबै पक्ष सचेत र संवेदनशील हुन आवश्यक देखिएको छ।

बाराको सिमरा विमानस्थल आसपास क्षेत्रमा जेनजी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको छ। विमानस्थ अवरुद्ध छ भने सडक ठप्प भएकाे हाे । बुधबार दिउँसो एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको परवानीपुरमा हुने भनिएको कार्यक्रममा सहभागी हुन सिमरा विमानस्थल हुँदै जान लागेको सूचना पाएपछि जेनजी युवाहरूले प्रदर्शन गरेका हुन् ।

बुद्ध एयरको उडान नम्बर ५५३ बाट ११ बजे एमाले नेता शंकर पोखरेल र महेश बस्नेत सिमरा उत्रिने कार्यक्रम थियो। दुई नेतालाई स्वागत गर्न विमानस्थलको मूल प्रवेशद्वारको गेटमा रहेका एमाले कार्यकर्ता र जेनजी समूहबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन सिमरा विमानस्थलनै बन्द गर्नुपरेको थियो। दुई समूहबीच हानाहान भएपछि सुरक्षा अवस्था बिग्रिएको जेनजी अगुवा सम्राट उपाध्यायले बताउनुभयाे।

जिल्लामा रहेका नेता कार्यकर्ताहरुले पूर्व निधारित कार्यक्रममा बोलाइएका अथितिको उपस्थिति हुन नसके पनि सम्पन्न गरेको एमालेले जनाएको छ। विमानस्थल र राजमार्गको सुरक्षा गर्दै जिल्ला प्रशासन कार्यालय कलैयाले कर्फ्यू आदेश जारी गरेको हो। जेनजी समूहले कुटपिटमा संलग्नलाई कारबाही नभएसम्म चक्का जाम र आन्दोलन जारी रहने जनाएको छ। कर्फ्यू आदेश जारीपछि पनि सिमरा चोकमा जेनजीको प्रर्दशन जारी रहेको एमालेका नगर अध्यक्ष त्रिलोक ठकुरीले बताउनुभयाे।

मुलुकमा स्थायी शान्ति र सुशासनका लागि दलहरु र सबै पक्ष संयमित भएर अघि बढ्नुपर्ने देखिन्छ।

भिडियाे रिपाेर्ट: