Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


उपभोक्ता अदालतमा मुद्दा दर्ता र फर्छ्यौटको गति सुस्त (भिडियाे रिपाेर्ट)

स्थापनाको ८ महिनामा २६ मुद्दा दर्ता हुँदा १२ वटाको फैसला

117
Shares

काठमाडाैं । शुरुवाती चरणमा चिकित्सकीय लापरबाही सम्बन्धि मुद्दाको फैसला गर्दा विवादमा तानिएको उपभोक्ता अदालतले पछिल्लो समय भने आफूलाई सुस्त बनाउने प्रयास गरेको छ।

अदालतमा उपभोक्ताहरुको उपस्थिति भने त्यति देखिने गरेको छैन। जसका कारण अदालतका गतिविधिहरु सुस्त देखिएका हुन् । विभिन्न प्रकृतिका मुद्दाहरु लिएर अदालत पुग्ने उपभोक्ताहरुलाई न्याय दिलाउन अदालतले के गर्दैछ त ?

सेवा र सामाग्रीबाट उपभोक्तामाथि हुने ठगीमा न्याय दिलाउने उद्धेश्यले २०८१ साल चैत १ गते उपभोक्ता अदालतको स्थापना गरिएको थियो। उपभोक्ता अदालतमा विभिन्न प्रकृतिका मुद्दाहरु आउने गरेका छन् । चिकित्सकीय लापरबाही, घर तथा इन्टेरियर निर्माणको गुणस्तर, सवारी साधनको गुणस्तर, सुनचाँदी (जर्ती, फिर्ता), इलेक्ट्रोनिक्स सामानको गुणस्तर, ढुवानी, सफ्टवेयर, विद्यालयमा लापरबाही र एयरलाइन्समा शारीरिक हानी लगायतका मुद्दाहरु अदालतमा दर्ता भइरहेका छन् । अदालतमा स्थापनाकालदेखि हालसम्म २६ वटा मुद्दा दर्ता भएका छन् ।

जस अन्तर्गत १२ वटा मुद्दाको फैसला भएको छ भने १४ मुद्दा विचाराधीन रहेका छन् । यी मध्ये केही मुद्दामा भने फिर्ता र मिलापत्र पनि गराइएको छ। दुवै समूहबीच सहमति भएपछि अथवा क्षतिपूर्ति रकम पाएपछि मुद्दा फिर्ता हुने गरेको अदालतले जनाएको हाे। अहिले अदालतमा वस्तु र सेवा गुणस्तरयुक्त नभएको गुनासोसहितका उजुरी अदालतमा दर्ता भइरहेकाे उपभोक्ता अदालतका श्रेस्तेदार शोभाकर खरेलले बताउनुभयाे।

अदालतमा सरकारवादी मुद्दा भने हालसम्म दर्ता भएका छैनन् । अदालतमा आउने मुद्दाहरुमा अदालतले सबैभन्दा पहिले मेलमिलापको प्रयास गर्ने गरेको हाे । त्यो सम्भव नभए इजलासबाटै त्यसको सुनुवाइ हुने गरेको छ। जेनजी आन्दोलनमा देशका विभिन्न अदालतहरुमा आक्रमण भएको थियो । तर, उपभोक्ता अदालतमा भने त्यो आन्दोलनको असर परेन । तै पनि मुद्दा फछ्र्योटमा अदालत सुस्त देखिएको भन्दै आलोचना समेत हुने गरेको उपभोक्ता अदालतका श्रेस्तेदार खरेलले बताउनुभयाे।

शुरुमै यस अदालतले चिकित्सकीय लापरबाहीमा केही चिकित्सक र अस्पताललाई सजाय तथा जरिवाना गरेपछि चिकित्सकहरु विरोधमा उत्रिएका थिए । तर पछि सरकारसँगको वार्तामा सहमति भएपछि आन्दोलन स्थगित भएको थियो । अहिले भने चिकित्सकीय लापरबाहीका मुद्दा पनि बढिरहेको पाइएको छ। यसअदालतको काम कर्तब्यको विषयमा पर्याप्त जानकारी नहुँदा पनि उपभोक्ताहरु न्यायका लागि अदालत पुग्ने क्रम सुस्त देखिएको पनि हो।

आर्थिक वर्ष २०८१/८२ को कार्य प्रगति

विवरण जिम्मेवारी सरेको नयाँ दर्ता जम्मा लगत फछर्यौट:
शुरु मुद्दा ० १७ १७ ८
पुनरावेदन ० ० ० ०
अन्य ० ० ० ०

मुद्दाको प्रकृति जिम्मेवारी सरेको नयाँ दर्ता जम्मा लगत फछर्यौट:
चिकित्सकीय लापरबाही ० ६ ६ ४
घर, इन्टेरियर निर्माण गुणस्तर ० १ १ ०
सवारी साधन गुणस्तर ० ४ ४ २
सुनचाँदी (जर्ती, फिर्ता) ० १ १ १
इलेक्ट्रोनिक्स गुणस्तर र ढुवानी, सफ्टवेयर ० ३ ३ १
विद्यालयमा लापरबाही ० १ १ ०
एयरलाइन्समा शारीरिक हानी ० १ १ ०
जम्मा १७ हजार १ सय ७ ८

मिलापत्र संख्या: १
मुद्दा फिर्ता : २
फैसला: ५

आर्थिक वर्ष २०८२/८३ (कार्तिक २४)

विवरण जिम्मेवारी सरेको नयाँ दर्ता जम्मा लगत फछर्यौट बाँकी
शुरु मुद्दा ९ ९ १८ ४ १४
पुनरावेदन ० ० ० ० ०
अन्य ० ० ० ० ०

मुद्दाको प्रकृति जिम्मेवारी सरेको नयाँ दर्ता जम्मा लगत फछर्यौट बाँकी
चिकित्सकीय लापरबाही २५७०७
घर, इन्टेरियर निर्माण गुणस्तर ११२२०
सवारी साधन गुणस्तर २१३०३
सुनचाँदी (जर्ती, फिर्ता) ० ० ० ० ०
इलेक्ट्रोनिक्स गुणस्तर र ढुवानी, सफ्टवेयर २ २ ४ १ ३
विद्यालयमा लापरबाही १०११०
एयरलाइन्समा शारीरिक हानी १०१०१
जम्मा ९९,१७,४१४

मिलापत्र संख्या : २
मुद्दा फिर्ता : १
फैसला: १

भिडियाे रिपाेर्ट: