Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


कांग्रेसभित्रकाे खिचातानी ! (भिडियाे रिपोर्ट)

देशकाे जेठो पार्टी-अनिर्णयको बन्दी...

195
Shares

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक एक महिनादेखि जारी रहेकाे छ।

पार्टीको १५औं महाधिवेशन कहिले गर्ने भन्ने विषयमै यत्तिका दिनदेखि छलफल भइरहे पनि निष्कर्ष आउन सकेको छैन। सकेसम्म ढिलो महाधिवेशन गर्न पाए हुन्थ्यो भन्ने दाउमा रहेको संस्थापन र यथाशक्य छिटो महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न चाहने इतर पक्षको खिचातानीकै कारण कांग्रेस अनिर्णयको बन्दी भएको हाे।

तर कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले भने पार्टीभित्र भएकाे समस्या समाधान हुने दावी गर्दै आउनुभएकाे छ। महाधिवेशनको विषयमा पार्टीभित्र दुई धार स्पष्ट रुपमा देखिएकाे छ। एउटा पक्ष आगामी फागुन २१ गतेको निर्वाचनअघि नै नियमित महाधिवेशन गर्ने र त्यो सम्भव नभए विशेष महाधिवेशन आह्वान गर्नुपर्ने अडानमा छ। अर्को पक्ष भने निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा रहेकाे छ। यो विषय केन्द्रीय कार्यसमितिले नै निर्णय गर्नुपर्ने भएता पनि अहिलेसम्म यसमा ठोस प्रगति भएको छैन । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि हस्ताक्षर समेत बुझाइसकेको अवस्था छ ।

उनीहरु निर्वाचनअघि नै पार्टीमा नयाँ नेतृत्वको माग गरिरहेका छन् । उनीहरुले जेनजी आन्दोलनले नयाँ र फ्रेस नेतृत्व माग गरेको हुनाले कांग्रेसभित्र पनि त्यस्तो नेतृत्वको अपेक्षा गरिरहेका छन् । यो विषयमा निर्णयको सर्वाधिकार केन्द्रीय समितिलाई नै छ । तर, केन्द्रीय समिति आफैं अनिर्णयको बन्दी बनेको केन्द्रीय सदस्यद्वय प्रकाश रसाइली र अजयबाबु सिवाकोटीकाे तर्क छ।

निर्वाचनको मिति नजिकिदै जाँदा अन्य दलहरु निर्वाचनको तयारीमा जुटिसकेका छन् । तर, मुलुककै ठूलो दलले महाधिवेशनको विषयमा नै निर्णय गर्न नसक्नु बिडम्बना हो । पार्टीले जतिसक्दो छिटो यो विषयमा निर्णय गरेर अघि बढ्न नेता, कार्यकर्ताको दबाब बढेको छ।

भिडियाे रिपोर्ट: