काठमाडाैं । पर्यटकीय जिल्ला इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्र यतिखेर महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न पुगेको छ।
इलामको पूरै भू-भाग, सूर्योदय र भारतीय शहरको दृश्यावलोकनमा रमाउन सकिने भएपछि यो क्षेत्र आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको हो । माईजोगमाई गाउँपालिको केन्द्र नयाँबजार देखि ५ किलोमिटरको यात्रामा पुग्न सकिने पर्यटकीयस्थल थुम्केरानी हाे। पछिल्लो समय थुम्केरानीमा सूर्योदय र सुर्यास्तको दृश्यावलोकन गर्न पर्यटकहरू पुग्न थालेका छन् ।
इलामकाे सदरमुकाम इलाम बजारबाट सूर्योदय हेर्नको लागि सबै भन्दा नजिक पर्ने भएकाले पर्यटकहरुको पहिलो रोजाई थुम्केरानी बन्दै गएको हो । इलाम बजारदेखि सोयाङ हुँदै नयाँबजारसम्म गाडीबाट १ घण्टामा थुम्केरानी पुग्न सकिन्छ। नयाँ-बजार बास बसेर बिहानै आधा घण्टामा पुग्न सकिने भएता पनि अहिले थुम्केरानी क्षेत्रमा नै होमस्टे सञ्चालनमा आएकाे स्थानीय देवी पौडेलले बताउनुभयाे।
असोज, कात्तिक, मंसिर, चैत्र र वैशाख महिनामा थुम्के क्षेत्रमा बढी पर्यटकहरु पुग्ने गरेका छन् । पछिल्लाे समय समुद्री सतहको २ हजार ४ सय मिटर उचाईमा रहेको थुम्केरानीको पहिचानको प्रचार हुँदै आएको नीय धनबहादुर कट्टेले बताउनुभएकाे छ।
थुम्केरानी क्षेत्रबाट इलामका १० वटै स्थानीय तहसँगै तराईका फाँटहरु पनि मज्जाले दृश्यावलोकन गर्न सकिन्छ । आँखै अगाडी नियाल्न सकिने छिमेकी देश भारतका पर्यटकीय शहरहरु दार्जिलिङ्ग, कर्साङको दृश्यले हरेक पर्यटकको मन फुरुङ्ग बनाउँछ । यहाँ पुग्ने पर्यटकले घना जंगल, फराकिला फाटहरु र हिमश्रृङ्खलासँगै लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको दृश्यावलोकन गर्न सक्नेछन् ।
भिडियाे रिपाेर्ट:




प्रतिक्रिया दिनुहोस्