काठमाडाैं । गत भदौ २४ गतेको आगजनी र तोड्फोडको निशासनामा परेका अदालतदेखि कतिपय सरकारी कार्यालयहरुले अहिलेसम्म पनि सेवा सुचारु गर्न गर्न सकिरहेका छैनन् ।
अनुसन्धानका महत्वपूर्ण फाइल तथा मुद्दा भएका कार्यालयहरु बढी निशानामा परेका थिए । आक्रमणको निशानामा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भने अधिकांश अनुसन्धान फाइल जोगिएपछि कारवाही अगाडि बढाइरहेको छ। आक्रमणबाट नष्ट भएको भौतिक संरचनाको पुनर्निर्माण गर्दै भ्रष्टाचारका आरोपीहरुको मुद्दा अगाडि बढाइरहेको हो।
भदौ २४ गतेको आगजनी र तोड्फोडको निशानामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालयहरु पनि परेका थिए । आन्दोलनकारीले आयोगको केन्द्रीय कार्यालय टंगालमा तीन पटक आक्रमण गरेर फरेन्सिक ल्याब तथा सवारी साधन र भवनमा क्षति पुर्याएका थिए। ७३ वटा सवारी साधानमा पूर्णरुपमा क्षति भएको थियो । तर अख्तियारका अनुसन्धानका फाइलहरु भने जोगिएकाले अख्तियारले अहिले भवनमा रंगरोगन गर्दै मुद्दा अनुसन्धानको प्रक्रियालाई निरन्तरता दिइरहेको छ।
आगजनीबाट मुद्दा फाइलहरु सुरक्षित रहेकाले अख्तियारले अनुसन्धान टुंग्याएर मुद्दाहरु अदालतमा पेश गर्ने कार्य अघि बढाइरहेको हो। जेनजी आन्दोलनको एक हप्तापछिनै काम शुरु गरेको अख्तियारले यो दुई महिनामा १७ वटा मुद्दा विषेश अदालतमा दायर गरेको छ। विषेश अदालतमा पनि आगजनी भएका कारण केही ढिलाई भए पनि अख्तियारले आगजनी पछिको दुई महिनामा ९५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। सह-सचिव तहका एक जना र उपसचिव तहका १० जनासहित ५१ जना सरकारी कर्मचारीविरुद्ध जेनजी आन्दोलनपछि मुद्दा दायर भएका छन् ।
त्यस्तै, स्थानीय तथा प्रदेशका सांसद समेत गरेर ९ जना निर्वाचित जनप्रतिनिधि पनि भ्रष्टाचारको आरोपमा परेका छन् । गैर-कानूनी लाभमा-५, गैर-कानूनी सम्पत्ति आर्जनमा-१, घुस लिने-५ र सार्वजनिक सम्पत्तिमा हानी गरेको १७ वटा मुद्दामा २५ करोड १९ लाख भ्रष्टाचार भएको दावीसहितको मुद्दा दुई महिनामा अदालत पुगेकाे अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताउनुभयाे।
भदौ २४ गते इटहरी, पोखरा र हेटौंडासहित ४ वटा अख्तियार कार्यालयहरु आक्रमण परेका थिए। भ्रष्टाचार र सुशासनको माग राख्दै भएको जेनजी आन्दोलनपछि अख्तियारले सबै भन्दा प्रभावकारी काम गर्नुपर्ने देखिएको छ। अहिले अख्तियारमा रहेका मध्य नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथिको अनुसन्धान सकिएको छैन । भिजिट भिसा प्रकरणमा अख्तियारले कसरी कारवाही चलाउँछ भन्ने छ। अहिले भइरहेका अनुसन्धानमा अख्तियारले कुनै सम्झौता नगर्ने प्रवक्ता पौडेलले दावी गर्नुभयाे।
सुशासन र भ्रष्टाचारका कारण आक्रोशित भएर जेनजी आन्दोलन भए पनि कतिपय स्थानमा भएको आगजनी र तोड्फोड नियोजित देखिएकाे छ।
भिडियाे रिपोर्ट:




प्रतिक्रिया दिनुहोस्