Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


तरकारी र फलफूलमा अत्याधिक विषादी भेटिएपछि परीक्षणमा कडाई (भिडियाे रिपाेर्ट)

विषादी परीक्षणमा लापरबाही, नियमित परीक्षणकाे आवश्यक

247
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा भित्रिने तरकारी तथा फलफूलमा अध्याधिक विषादी भेटिएपछि कालीमाटी तरकारी बजार विकास समितिले विषादी परिक्षणमा कडाई गर्न थालेपछि परिणाम पनि सकारात्मक देखिन थालेको छ।

कालीमाटी तरकारी बजारमा गत हप्ता हरिया सागव्जी तथा फलफूलमा अत्यधिक विषादी भेटिएकोमा परीक्षण कडाई गरिएकोमा पछिल्ला दिनमा विषादीको मात्रा घटेर सबै जसो तरकारी तथा फलफूल उपभोगयोग्य देखिएकाे हाे।उपत्यकाको कालिमाटी बजारबाट शुरु गरिएको विषादि परीक्षण कार्यक्रम प्रभावकारी बनेको छ।

गत हप्ता मकवानपुरबाट भित्रिएको अकबरे खुर्सानीमा ९८ प्रतिशत विषादी देखिएको थियो ।रायो साग सिमी र घिरौला लगायतमा पनि अत्याधिक विषादीको प्रयोग भएको पाइएकोे थियो । तर हालका दिनमा भने परीक्षणमा कडाई गरिएपछि तथा परीक्षणमा अयोग्य ठहरिएका तरकारी नष्ट गर्न थालेपछि उपत्यकामा भित्रिने तरकारीमा विषादिको मात्रा क्रमिक रूपमा घट्दै गएको कालीमाटी तरकारी तथा फलफूल विकास समितिका कार्यकारी निर्देशक विनय श्रेष्ठकाे दावी छ।

विषाक्त तरकारी उपभोग गर्दा मानव स्वास्थ्यमा विभिन्न घातक रोगको खतरा उच्च हुन्छ । व्यावसायिक रूपमा तरकारी खेती गर्ने तर, अत्याधिक किटनाशक औधधि प्रयोग गर्ने गरेको र बेमौसमी तरकारीलाई टिकाईराख्न विषादीको प्रयोग अनिवार्य भए पनि नियमन र निरुपण गर्नै कुरामा सरकारले वेवास्ता गरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको भनाइ छ।

भारतबाट आउने तरकारीमा पनि विषादीको अत्यधिक प्रयोग हुने गरेको पाइएको छ । तथापी अहिले उपत्यका नजिकका जिल्लाबाट भित्रने तरकारी समेत खान अयोग्य हुने गरेको छ । यस्ता विषादीयुक्त तरकारी र फलफूल बजार पुग्नबाट सरकारी तहबाटै रोकिनुपर्ने अध्यक्ष महर्जनको माग छ। विशेषगरी फलफूल तथा तरकारीमा अर्गानोफस्फेटर कार्वामेट नामको किटनाशक विषादीको मात्रा अत्यधिक देखिने गरेको छ ।

जसमा काउली परबल, काँक्रो, भण्टा, सिमी लगायतमा अत्यधिक विषादी पाइने गरेको छ । तर उपत्यका भित्रिने सम्पूर्ण तरकारी तथा फलफूलको परीक्षण भने हुने गरेको छैन । मानव स्वास्थ्य र खाद्य सुरक्षासँग जोडिएको यो समस्या समाधान गर्न सरकारले विषादी परीक्षणको दायरा फराकिलो पार्नुका साथै नियमित अनुगमन गर्नु जरुरी छ।