
जितेन्द्र भण्डारी
पाँचथर। पाँचथरकाे फेमे खोलामा लगाइएको डाईभर्सन र हेम पाईप बाढीले बगाएपछि सदरमुकाम फिदिमसँग यातायात सम्पर्क विच्छेद भएको छ ।
यहि असोज १८ गते अविरल वर्षासँगै आएकाे बाढी-पहिरोका कारण पाँचथरको फिदिम नगरपालिका-१ र ११ स्थित फेमे खोलामा साेही घटना भएकापछि यातायात सम्पर्क विच्छेद भएको हाे। फिदिम नगरपालिका- १०,११,१२,१३ र फालेलुङ गाउँपालिका-४,५,६,७ र ८ नम्बर वडाका स्थानीयहरु समस्यामा परेका छन् ।
स्थानीयवासीन्दाको जीवन कष्टकर बनेको,अत्यावश्कीय सामाग्री ढुवानीमा, आकस्मिक सेवामा समेत कठिनाई भएको र दशैं मनाउन गएका नागरिकहरु समेत अलपत्र परेका हुन् । नेपाली सेना, स्थानीयको प्रयासमा अहिले सर्वसाधारणलाई आवात-जावत गर्न गराउन फड्के निर्माण गरिको फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो ।
पैदलयात्रीको लागि मात्र साेही फड्के प्रयोग गर्न सकिने उहाँकाे भनाइ छ।
प्रतिक्रिया दिनुहोस्