काठमाडौं, असोज ५ । राजधानीको बागबजारस्थित काम्यक विद्यालयका विद्यार्थीहरुले आज विद्यालयको सम्पूर्ण प्रशासकीय काम आफैँले जिम्मा लिँदै विद्यालय सञ्चालन गरेका छन् ।
विद्यालय संचालनको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिनका लागि उनीहरुलाई यस्तो प्रशिक्षण दिइएको हो । विद्यालयको सुरक्षा गार्डदेखि प्रधानअध्यापक कामसम्म विद्यार्थीहरुले आफैँ जिम्मा लिएका हुन् ।
यस प्रकारको कृयाकलापले विद्यार्थीहरुको क्षमतामा अभिवृद्धि हुने शिक्षकहरुको भनाइ छ ।
प्रशासकीय जिम्मा लिएका विद्यार्थीहरुले पनि एउटा विद्यालय सञ्चालन गर्र्न व्यवहारिक रुपमा के–के गर्नुपर्छ भन्ने विषयहरु सिक्न पाइएकोमा खुशी व्यक्त गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्