
भैरहवा, असार ६ । रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा पाउनुपर्ने मागसहित जारी आन्दोलन स्थगित भएको छ ।
सोमबारदेखि चलेको आन्दोलन मुआब्जा वितरणका लागि २ अर्ब रुपैयाँ आयोजनामा आएपछि स्थागित गरिएको आन्दोलनकारीले बताएका छन् । आयोजनाका प्रमुख ओम शर्माले २ अर्ब रुपैयाँ आइसकेकोले बिहीबारबाट मुुआब्जा वितरण गरिने बताए ।
आन्दोलन फिर्ता भएपछि विमानस्थलको काम पहिलेकै गतिमा चलेको आयोजनाले जनाएको छ । एक महिना अगाडि नै मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयबाट ५ अर्ब रुपैयाँ निकासा भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले मुआब्जाको रकम नपठाउँदा पीडितले मुआब्जाको माग गर्दै तीन दिनदेखि आन्दोलन गरेका थिए ।
प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले रकम नपठाएको आरोप पीडितले लगाएका थिए । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेले नागरिक उड्ड्यन प्राधिकरणले आन्दोलनलाई हल्का रुपमा नलिन चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस्