२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


गरिबकेन्द्रित लगानी बढाउन विश्व बैंकको जोड


0
Shares

काठमाडौं, असोज ४ । सन् २०३० सम्म संसारबाट अतिगरिबी हटाउन कठिन हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

बैंकले बिहीबार यससम्बन्धी विज्ञप्ति जारी गर्दै गरिबकेन्द्रित लगानी बढाउन पनि जोड दिएको छ  ।

अतिगरिबी घट्दै गएपनि उन्मूलन दर कमजोर देखिएको भन्दै यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा बैंकले जोड दिएको हो ।

सन् २०१५ मा विश्वमा अतिगरिबीमा बाँचिरहेका मानिसको अनुपात १० प्रतिशतमा झरेको छ । सन् २०१३ मा यस्तो अनुपान ११ प्रतिशत रहेको थियो । दुई वर्षको अवधिमा जम्मा एक प्रतिशत विन्दुलेमात्र गरिबी घटेको पाइएको छ ।

गरिबी घट्ने यो दर सुस्त रहेको भन्दै यस क्षेत्रमा लगानी बढाउन बैंकले दातृनिकायहरुलाई अपिल गरेको हो ।

दैनिक १.९ अमेरिकी डलरभन्दा कम आयमा जीविकोपार्जन गरिरहेकाहरुलाई निरपेक्ष गरिबीको रेखामुनि रहेको मानिन्छ ।

अहिले दैनिक १.९ अमेरिकी डलरभन्दा कम आयसहित बाँचिरहेका मानिसको संख्या ७३ करोड ६० लाख रहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

सबसहारा अफ्रिकामा सबैभन्दा बढी ४१ प्रतिशत र दक्षिण एसियामा १२ प्रतिशत बराबर अतिविपन्न रहेको प्रतिवेदनमा जनाइएको छ ।