काठमाडौं, असोज ४ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले गरिँदै आएको एक्स्पोको अर्को संस्करण काठमाडौंमा सुरु भएको छ ।
भृकुटीमन्डपस्थित प्रदर्शनीहलमा सुरु भएको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’को बिहीबार नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् ।
जेम फ्लोरिङको प्रस्तुति तथा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको प्रवर्धनमा मेला भएको हो ।
चेम्बर अध्यक्ष श्रेष्ठले फर्निचरजन्य उत्पादनमा मुलुक आत्मनिर्भर हुनखोजे पनि राज्यबाट सहयोग नपाएकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष भूपेन्द्र गिरीले मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन स्वदेशमा खेर गइरहेको कच्चापदार्थको सदुपयोग गर्न आफूहरुलाई बाटो खोलिदन आग्रह गरे ।
प्रदर्शनीमा स्वेदेशी तथा विदेशी ब्रान्डका १०० भन्दा बढी कम्पनीहरु सहभागी भएका छन् ।
एक्सपोका अवसरमा नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिरेन्सका साथै दसैं अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु बिक्री–वितरणसमेत गरिँदैछ ।
एक्स्पो आगामी सोमबारसम्म चल्ने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्