काठमाडौं, असोज ४ । साताको अन्तिम दिन बिहीबार सेयरबजार पुनः ऋणात्मक रहेर थामियो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंक बराबरले ओरालो लागेर १२ सय ५५ कायम भएर थामियो ।
कारोबार भएकामध्ये बढीजसो समूह ओरालो लागेसँगै नेप्से ऋणात्मक रहेको हो । होटल, विकास बैंक र अन्य समूह सामान्य अंकले हरियो रहेबाहेक अरु समूह ओरालो लागेका हुन् ।
निर्जीबन बिमा समूहमा सबैभन्दा उच्च १०७ अंकको गिरावट आयो । जीवनबिमा समूह पनि ७९ अंकले झर्यो । अरु समूह सामान्य अंकले रातो रहे ।
यसदिन नेपाल स्टक एस्सचेन्जमा १६७ कम्पनीका २० लाख बराबर कित्ता सेयर ५५ करोड ५१ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्