
काठमाडौं, असोज ४ । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले दुई कोरिया एक हुनुपर्ने बताएका छन् ।
बुधबार साँझ उत्तर कोरियाको राजधानी प्योङयाङमा आयोजित समारोहमा उनले दुई कोरिया युद्धअघिजस्तै एक हुनुपर्ने बताएका हुन् ।
सम्बोधनकाक्रममा मुनले उत्तर कोरियालाई आणविक हतियार स्थायीरुपमै हटाउन आग्रहसमेत गरे ।
उत्तर कोरियामा सार्वजनिक समारोहमा सम्बोधन गर्ने उनी पहिलो दक्षिण कोरियाली नेता बनेका छन् ।
उत्तर कोरियाको ७०औं स्थापना दिवसमा आयोजित उक्त समारोहमा सहभागी दशौं हजार मानिसले नाचगान एवं जिम्न्याष्टिकलगायतका प्रस्तुति देखाएका थिए । यस्ता प्रस्तुतिले कोरियाको इतिहास र किंवदन्ती बोकेको बताइएको छ ।
राष्ट्रपति मुन तीनदिने प्योङयाङ भ्रमणकाक्रममा छन् । भ्रमणकाक्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग परमाणु निःशस्त्रीकरणका विषयमा उनले ऐतिहासिक सहमति गरेका छन् ।
उनी बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्